सुदूरपश्चिमः एमालेको अडानले धकेलिँदै मुख्यमन्त्रीको विश्वासको मत, बालकोटमा ओलीले के भने? आइतबार, वैशाख २३, २०८१

निक जोनसलाई इन्फ्लुएन्जा ए को संक्रमण, कन्सर्ट सारियो आइतबार, वैशाख २३, २०८१ ग्लोबल आइकन प्रियङ्का चोपडाका गायक पति निक जोनस यतिबेला चर्चामा छन्। निक आफ्नो म्युजिकल कन्सर्टका कारण चर्चामा आउँछन्। तर उनले स्वास्थ्य समस्याका कारण केही कन्सर्ट सारेका छन्।यी अमेरिकी गायकले आफ्ना फ्यानसमक्ष भिडिओ सन्देशमार्फत माफी मागेका छन्। उनले आफूलाई इन्फ्लुएन्जा ए को संक्रमण भएको खुलाएका छन्।

यो वर्ष हजयात्रीका लागि साउदी अरेबियाको कडा नियम आइतबार, वैशाख २३, २०८१ यस वर्ष हज गर्न जाने हजयात्रीका लागि साउदी अरेबियाले कडा नियम ल्याएको छ। अवैध हज यात्रीहरूलाई नियन्त्रण गर्नका लागि ट्यागिङ प्रणाली सुरु गरेको साउदीको हज मन्त्रालयले जनाएको छ।हजयात्रीलाई सुरक्षित र सहजरूपमा पुग्नका लागि यो प्रणाली लागू गरिएको पनि जनाएको छ। साउदीका हज मन्त्री तौफिक अल रबियाले आधिकारिक रूपमा नुसुक...

डढेलो लगाएको आरोपमा ५ जना पक्राउ आइतबार, वैशाख २३, २०८१ जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन्। वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासत मुक्त गरिएको र अन्यलाई मुद्दा चलाइएको श्रेष्ठले जानकारी दिए।

एक सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारत असन्तुष्ट, जयशंकर भन्छन्– नेपालले एकल निर्णय गर्यो आइतबार, वैशाख २३, २०८१ नेपालको एक सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतले असन्तुष्टि जनाएको छ। चुनावी अभियानका क्रममा भुवनेश्वर पुगेका भारतका विदेशमन्त्री एस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।

विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आज दोस्रो स्थानमा आइतबार, वैशाख २३, २०८१ काठमाडौं उपत्यकामा आइतबार पनि प्रदूषण उच्चस्तरमा छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा छ। काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) आज १८८ छ। एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ ।

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ आइतबार, वैशाख २३, २०८१ क्रिकेटर सन्दीप लामिछानेको रिटमा आइतबार सुनुवाइ हुँदै छ।उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिएको छ ।

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा आजदेखि ३ दिनका लागि बन्द आइतबार, वैशाख २३, २०८१ भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र शनिबार रातिदेखि तीन दिनका लागि सिल हुँदा रेल सेवा बन्द गरिएको हो।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर आइतबार, वैशाख २३, २०८१ राष्ट्र बैंकका अनुसार शनिबारदेखि नै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भएको थियो।

आरसीबीसँग गुजरात ४ विकेटले पराजित आइतबार, वैशाख २३, २०८१ बैंगलुरुको बएम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९ दशमलव ३ ओभरमा १४७ रनमा अलआउट भयो। आरसीबीले १४८ रनको विजय लक्ष्य १३ दशमलव ४ ओभरमा ६ विकेटमा पूरा गर्यो।

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै आइतबार, वैशाख २३, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार २४ गतेसम्म विश्वासको मत लिनैपर्ने छ। अधिकारीले राप्रपालाई समेत सरकारमा ल्याएर बहुमत पुर्याउने...

काठमाडौंका यी स्थानमा आजदेखि विद्युत् सेवा अवरुद्ध हुने आइतबार, वैशाख २३, २०८१ काठमाडौंका विभिन्न स्थानमा आइतबारबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

जापानका परराष्ट्रमन्त्री आज नेपाल आउँदै, यस्तो छ नेपाल–जापान सम्बन्ध आइतबार, वैशाख २३, २०८१ नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । जापान –नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनीभूत बनायो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो । नेपालको शिक्षा,...


-1714885853.jpg)






