News Griha :: न्यूजगृह
सहकारी प्रकरणमा रविको नाम तोक्नै पर्ने अडानमा रहेको कांग्रेस कसरी भयो 'ब्याक'?
सहकारी प्रकरणमा रविको नाम तोक्नै पर्ने अडानमा रहेको कांग्रेस कसरी भयो 'ब्याक'? नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा जसले गैरकानुनी रुपमा रकम लिएको छानबिन गरी उसमाथि कारबाहीको सिफारिस गर्ने भनेर स्पष्ट उल्लेख भएकाले गृहमन्त्री रवि लामिछानेको नाम नराखिएको बताएका छन्।
विद्युतीय गाडीमा बढ्यो कर, अन्तःशुल्क र भन्सार दरमा परिवर्तन
विद्युतीय गाडीमा बढ्यो कर, अन्तःशुल्क र भन्सार दरमा परिवर्तन सरकारले विद्युतीय गाडी (ईभी) मा कर बढाएको छ। ईभीको अन्तःशुल्क र भन्सार दरमा परिवर्तन गरेको हो। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा ईभीको कर बढाएका हुन्।१० सिटयुक्त ईभीमा अनएसेम्बल्ड र अन्यमा १० प्रतिशतबाट १५ प्रतिशत भन्सार पुर्‍याइएको छ। सोही प्रकारका ईभीमा अन्तःशुल्क पनि अनएसेम्बल्ड र अन्य...
‘सडेगलेको व्यवस्था स्वीकार्ने की बदल्न अगाडि बढ्ने?’
‘सडेगलेको व्यवस्था स्वीकार्ने की बदल्न अगाडि बढ्ने?’ जनमत पार्टीका अध्यक्ष सीके राउतले  वर्तमान व्यवस्था सडेगलेको व्यवस्था भइसकेको भन्दै स्वीकार गर्न नसकिने टिप्पणी गरेका छन्। जनमत पार्टीको आह्वानमा मंगलबार आयोजित ‘नौलो गणतन्त्र आन्दोलन उद्घोष’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान  व्यवस्था, राजनीतिक दल र सरकारबाट अपेक्षित काम नभएको उल्लेख गर्दै आफूहरू चुप लागेर नबस्ने बताएका हुन्।
जेठ २० गतेसम्म प्रतिनिधि सभा स्थगित, २३ गते अर्थमन्त्रीले जवाफ दिने
जेठ २० गतेसम्म प्रतिनिधि सभा स्थगित, २३ गते अर्थमन्त्रीले जवाफ दिने मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले बजेटमाथि आगामी जेठ २०, २१ र २२ गते सामान्य छलफल गर्ने र जेठ २३ गते अर्थमन्त्रीले जवाफ दिने समय तोकेका छन्। 
यी हुन् बजेटका पाँच उद्देश्य र प्राथमिकता
यी हुन् बजेटका पाँच उद्देश्य र प्राथमिकता अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका छन्।मंगलबार अर्थमन्त्री पुनले संसद्मा बजेट सार्वजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका हुन्। गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो।
मदिरा, सुर्ती र चुरोटमा बढ्यो कर
मदिरा, सुर्ती र चुरोटमा बढ्यो कर जसअन्तर्गत मदिरा, बियर, सुर्तीमा अन्तःशुल्क बढाइएको छ। त्यस्तै चुरोटमा लगाइएको अन्तःशुल्क दरमा वृद्धि गरिएको उल्लेख छ।
अफताव आलम ‘निर्दोष’ रहेको कांग्रेस नेताहरूको दाबी, रिहाइका लागि दबाब सिर्जना गर्ने
अफताव आलम ‘निर्दोष’ रहेको कांग्रेस नेताहरूको दाबी, रिहाइका लागि दबाब सिर्जना गर्ने सचिव रामचन्द्र गिरीले पूर्वमन्त्री आलमसहितका मानिसलाई बिनाप्रमाण मुद्दा चलाएर कारागार चलान गरिएको बताउँदै रिहाइका लागि दबाब सिर्जना गर्ने उद्देश्यले बृहत् जनसभाको आयोजना गरिएको बताए। ‘निर्दोष’ आलमलाई देशीविदेशी शक्तिको दबाबमा कारागारमा राखिएको दाबी गर्दै बिनाप्रमाण आलमविरुद्ध गरिएको अन्यायपूर्ण फैसलालाई पुनर्विचार गर्नुपर्ने सचिव गिरीले बताए।
जाजरकोट भूकम्पपछिको पुनर्निर्माणलाई सरकारले छुट्यायो २१ अर्ब
जाजरकोट भूकम्पपछिको पुनर्निर्माणलाई सरकारले छुट्यायो २१ अर्ब सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट पुगेको भौतिक संरचना निर्माण का लागि २१ अर्ब ६० करोड रकम विनियोजन गरेको छ।
प्रतिनिधि सभाले बनायो सहकारी ठगी छानबिनको संसदीय समिति
प्रतिनिधि सभाले बनायो सहकारी ठगी छानबिनको संसदीय समिति प्रतिनिधिसभाले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ।समितिको नाम 'सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति' राखिएको छ। समितिको संयोजकमा एमालेका सांसद सूर्य थापा रहेका छन् भने एमालेबाट थापा र सरिता भुसाल रहने भएका छन्।
आलु, प्याज, स्याउ लगायतका तरकारी र फलफूलमा लगाइएको कर खारेज
आलु, प्याज, स्याउ लगायतका तरकारी र फलफूलमा लगाइएको कर खारेज मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्वजनिक गर्दै आलु, प्याज र स्याउ लगायतका तरकारी एवम् फलफूलमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको घोषणा गरेका हुन्।
कृषिको बजेट सुनेर मन्त्री मुसुक्क
कृषिको बजेट सुनेर मन्त्री मुसुक्क मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, ‘आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छु।’ 
अहिलेसम्मकै ठूलो आकारको बजेटमा के छ?
अहिलेसम्मकै ठूलो आकारको बजेटमा के छ? संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको छ। मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका हुन्।आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट प्रस्तुत गरिएको छ।  हालसम्मकै ठूलो आकारको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, कृषि र राष्ट्रिय सुरक्षालाई...
Weather Update