News Griha :: न्यूजगृह
आलु, प्याज, स्याउ लगायतका तरकारी र फलफूलमा लगाइएको कर खारेज

काठमाडौं— अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउ लगायतका तरकारी एवम् फलफूलमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेका छन्।

मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्वजनिक गर्दै आलु, प्याज र स्याउ लगायतका तरकारी एवम् फलफूलमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको घोषणा गरेका हुन्।

अर्थमन्त्रीले यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास गरेको बताएका छन्।
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १८:३७
Weather Update