जाजरकोट भूकम्पपछिको पुनर्निर्माणलाई सरकारले छुट्यायो २१ अर्ब

काठमाडौं— सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट पुगेको भौतिक संरचना निर्माण का लागि २१ अर्ब ६० करोड रकम विनियोजन गरेको छ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण गरेर पुनर्निर्माणलाई तीव्रता दिइने बताए।
उनले भने, ‘सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवन लगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गरिनेछ । भूकम्पपछिको पुनर्निर्माणका लागि रु. २१ अर्ब ६० करोड विनियोजन गरेको छु।’
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १८:५६













