News Griha :: न्यूजगृह
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पक्राउ
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पक्राउ १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्क लगायतका माग राखेर अनशन बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीले दिए राजीनामा
लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीले दिए राजीनामा बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन्।
राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेस राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्का आर्थिक वर्षका २०७९–८० र २०८०–८१ क वार्षिक प्रतिवेदन पेस गरेका हुन्। 
इजरायको हमास कमान्ड सेन्टर लक्षित आक्रमण: ४० जनाको मृत्यु
इजरायको हमास कमान्ड सेन्टर लक्षित आक्रमण: ४० जनाको मृत्यु इजरायली सेनाले उक्त क्षेत्रको हमास कमान्ड सेन्टरलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । गाजाको दक्षिणी सहर खान युनिसको अल–मवासीमा आक्रमण पछि दशौं हजार विस्थापित प्यालेस्टिनीले त्यहाँ शरण लिएका थिए । 
जग्गा कित्ताकाट खुल्यो
जग्गा कित्ताकाट खुल्यो देशभरका ७५३ पालिकामध्ये १३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेको नापी विभागले जनाएको छ। पालिकाहरूले जग्गा वर्गीकरण नगर्दा भदौयता ६२० पालिकामा कित्ताकाट रोकिएको थियो। सरकारले जग्गा वर्गीकरणका लागि समय थप गर्दै कित्ताकाट खुलाएको हो।
प्रचण्डलाई कांग्रेस सांसदको प्रश्न– नेपालमा बंगलादेश हवाईजहाजमा ल्याउनुहुन्छ कि रेलमा?
प्रचण्डलाई कांग्रेस सांसदको प्रश्न– नेपालमा बंगलादेश हवाईजहाजमा ल्याउनुहुन्छ कि रेलमा? मंगलबार राष्ट्रियसभाको बैठकमा उनले देश बंगलादेश बन्दै छ भनेर भ्रम पैदा गरेको भन्दै आपत्ति जनाएका छन्। उनले केही समयअघि देश श्रीलंका बन्छ भन्दै हल्ला गर्ने र अहिले देश बंगलादेश बन्छ भन्दै भ्रम पैदा गर्ने गरेको आरोप प्रचण्डमाथि लगाए।
साढे ४ लाख घुससहित वडाध्यक्ष, सचिव र कार्यालय सहयोगी पक्राउ
साढे ४ लाख घुससहित वडाध्यक्ष, सचिव र कार्यालय सहयोगी पक्राउ जनकपुरधाम उपमहानगरपालिका–८ घर भएका एकजना सेवाग्राहीसँग उनको वडा नम्बर २४ स्थित जग्गाको घरबाटो सिफारिस गर्ने प्रयोजनका लागि कार्यालय सहयोगी मण्डलमार्फत साढे ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।
नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई प्रधानमन्त्रीको आग्रह
नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरूलाई आग्रह गरेका छन्।
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने कार्यालय समयमा सरकारी स्रोत साधनको प्रयोग गरी व्यक्तिगत कारोबार गर्न नमिल्नेगरी व्यवस्था गर्न अख्तियारले भनेको थियो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यका अनुसार पठाइएको यो पत्र क्रमिक रुपमा सबै कार्यालयमा कार्यान्वयन हुनेछ। ‘यो कार्यान्वयनको अनुगमन पनि हुनेछ’ उनले भने।
अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने
अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्र पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एसिया निर्देशक इमाद फाखौरीले आईएफसी नेपालमा लगानी विस्तार गर्न तयार रहेको बताएका हुन्।
काठमाडौंका छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव भेटियो
काठमाडौंका छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव भेटियो काठमाडौंका दुई फरक ठाउँमा दुई वटा शव भेटिएका छन्। काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जना र कीर्तिपुरमा एक जना गरी दुई जनाको शव भेटिएको हो।
नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार
नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार नेप्सेमा आज १३ अङ्कको गिरावट आएको छ । मंगलबार नेप्सेमा १३.०९ अङ्कको गिरावट आउँदा २६३२.९४ विन्दुमा रोकिएको छ।आज ३२८ कम्पनीको कारोबार हुँदा एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ को खरिद बिक्री भएको छ।
Weather Update