News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणमा मुछिएपछि धनराजले भने– ‘ममाथि संसदीय छानबिन गरियोस्’
सहकारी ठगी प्रकरणमा मुछिएपछि धनराजले भने– ‘ममाथि संसदीय छानबिन गरियोस्’ ज्योति गुरुङसँग सम्बन्ध राम्रो नभएपछि सम्बन्धविच्छेद गरेको र १० वर्षको बच्चा आफैंले हुर्काएको भन्दै गुरुङले यो सम्बन्धविच्छेद नक्कली भन्ने रास्वपा सांसद पराजुलीको भनाइको खण्डन गरे। ‘जसले नक्कली कुरा गर्छ, त्यसले अरुलाई नक्कली देख्नु स्वभाविकै हो,’ उनले भने। उक्त सम्बन्धविच्छेदलाई नक्कली प्रमाणित गर्न उनले चुनौती दिए।
नेपालमा आत्महत्या गर्नेको सङ्ख्या डरलाग्दो
नेपालमा आत्महत्या गर्नेको सङ्ख्या डरलाग्दो ​तपाईं पत्याउनु हुन्छ? नेपालमा हुने सडक दुर्घटनामा ज्यान गुमाउने सङ्ख्याभन्दा दैनिक आत्महत्या गरेर ज्यान गुमाउने सङ्ख्या धेरै छ।सरकारी तथ्याङ्क अनुसार नेपालमा आत्महत्याबाट दैनिक २० जनाले ज्यान गुमाउँछन्। आत्महत्याबाट हुने यो मृत्युको सङ्ख्या कहिलेकाहीँ आकस्मिक रूपमा हुने सडक दुर्घटनाबाट हुने मृत्युको सङ्ख्याभन्दा डर लाग्दो सङ्ख्या हो। 
सदनमा एमाले सांसदले मागे उपसभामुख इन्दिरा रानाको राजीनामा, माओवादी र रास्वपाको प्रतिवाद
सदनमा एमाले सांसदले मागे उपसभामुख इन्दिरा रानाको राजीनामा, माओवादी र रास्वपाको प्रतिवाद नेकपा माओवादी केन्द्रले इन्दिरा रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति विरोध गरेको छ।मंगलबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति पार्टीको विरोध रहेको बताए।
नदीमा बग्दै गरेको गाँजा प्रहरीको नियन्त्रणमा
नदीमा बग्दै गरेको गाँजा प्रहरीको नियन्त्रणमा सप्तकोसी नदीमा चेकजाँच गर्ने क्रममा ३ वटा ट्युबमाथि ८ वटा बोरा आएको देखिएपछि नदी किनारामा निकालेर हेर्दा अवैध लागूऔषध गाँजा रहेको प्रहरीले जनाएको छ।
१५ लाख खर्चेर बीपी कोइरालाको सालिक निर्माण
१५ लाख खर्चेर बीपी कोइरालाको सालिक निर्माण नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ।बीपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो।
रास्वपाको चेतावनी– उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन
रास्वपाको चेतावनी– उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन्।मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै आजका सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिए।
वडाध्यक्ष नै वैदेशिक रोजगारीमा, फर्काउन वडावासीको माग
वडाध्यक्ष नै वैदेशिक रोजगारीमा, फर्काउन वडावासीको माग सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग गरेका छन्।एकवर्षदेखि वडाध्यक्षविहीन बनेका वडावासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका गतिविधि प्रभावित भएको गुनासो गरेका छन्।
उपसभामुखलाई महाअभियोग लगाउने तयारीपछि रास्वपा आन्तरिक छलफलमा
उपसभामुखलाई महाअभियोग लगाउने तयारीपछि रास्वपा आन्तरिक छलफलमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुखलाई हटाउन सदनमा प्रस्ताव लैजाने बारे छलफल भएको थियो।
नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु: नवाजुद्दिन सिद्दिकी [भिडिओसहित]
नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु: नवाजुद्दिन सिद्दिकी [भिडिओसहित] निर्देशक मीन भामको फिल्म सम्बालाको प्रिमियरका लागि काठमाडौं आएका नवाजले सञ्जय सिलवाल गुप्ताको पोडकाष्टमा अन्तर्वार्ता दिँदै आफूले नेपाली फिल्ममा काम गर्ने बताएका हुन्। नवाजले आफूले नेपाली फिल्ममा केही न केही काम गर्ने र खासगरी मीनसँग काम गर्ने बताए।
असोज ३ गतेसम्म काठमाडौं नछाड्न सांसदलाई एमालेको निर्देशन
असोज ३ गतेसम्म काठमाडौं नछाड्न सांसदलाई एमालेको निर्देशन नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न सर्कुलर जारी गरेको छ।उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको एक नेताले जानकारी दिए।
उपसभामुख रानालाई महाभियोग लगाउने सत्तारूढ दलको तयारी
उपसभामुख रानालाई महाभियोग लगाउने सत्तारूढ दलको तयारी सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको शीर्ष नेता उपस्थित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाविरुद्ध प्रस्ताव पेस गर्ने निर्णय गरेका हुन्।
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? यसअघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज एक लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
Weather Update