News Griha :: न्यूजगृह
सदनमा एमाले सांसदले मागे उपसभामुख इन्दिरा रानाको राजीनामा, माओवादी र रास्वपाको प्रतिवाद

काठमाडौं— नेकपा माओवादी केन्द्रले इन्दिरा रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति विरोध गरेको छ।मंगलबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति पार्टीको विरोध रहेको बताए।

‘माननीय इन्दिरा रानालाई हटाउने कुरा आजका मिडियामा आएको छ। यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तिव्र प्रतिवाद गर्दछ, विरोध गर्दछ,’ उनले भने। यो विषयमा स्पष्ट गर्न सत्तारुढ दलहरूलाई उनको आग्रह छ।

प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरूले उपसभामुख रानाको राजीनामा मागेका छन्। राजीनामा नदिए पद अनुकुलको आचरण नगरेको भनेर हटाउन बाध्य हुने एमाले सांसदहरूको चेतावनी छ।

एमालेका सांसद हेमराज राइले पदबाट हटाउन बाध्य पार्न नहुने बताएका हुन्। ‘उपसभामुख यो संसदको गरिमामय व्यक्तित्व हो। उहाँबाट यस सन्दर्भ (लागेको आरोप)मा प्रष्टिकरण नआउनु दुख लाग्दो छ। यसकारण उपसभामुखको बारेमा आएको कुरा हो भने सत्य तथ्य संसदलाई जानकारी गराउनुपर्छ। महाअभियोग जस्तो कुरामा सदन अगाडि बढ्ने कुरामा बाध्यकारी स्थिति सिर्जना नगरियोस्,’ एमाले सांसद राइले भने।

एमालेका सांसदहरू सूर्य प्रसाद ढकाल, शोभा ज्ञवाली, सरस्वती र सुब्बाले पनि उपसभामुख रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। सत्तारुढ दलले उपसभामुखको राजीनामा नै मागेपछि विपक्षी दलहरूले विरोध गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पनि विरोध गरेका छन्।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने कुरामा राजनीतिक पार्टीहरु बसेर छलफल गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य नहुने बताए। रास्वपाका सांसदहरू सुमना श्रेष्ठ र सोबिता गौतमले उपसभामुखलाई हतोत्साहित नबनाउन आग्रह गरे।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १४:३५
विचार/ब्लग
Weather Update