सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला मंगलबार, भदौ २५, २०८१

बाढीले बगाएर बेपत्ता माझीको शव ४ दिनपछि फेला मंगलबार, भदौ २५, २०८१ रौतहटको बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ।रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ।

सडकका बीचमा लगाइएका बिरुवालाई जोगाउन तारजाली मंगलबार, भदौ २५, २०८१ नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ।रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण गर्न तारजाली लगाउने काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ।

गङ्गालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु मंगलबार, भदौ २५, २०८१ राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरूको स्वास्थ्य परीक्षण शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ। अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो।

काभ्रेको पनौतीमा एक महिला मृत फेला मंगलबार, भदौ २५, २०८१ काभ्रेको पनौती नगरपालिका– ४ मा एक महिला मृत फेला परेकी छन्। आज बिहान पनौती नगरपालिका–४ दुधमिल पछाडि खेतको आली छेउमा उनको शव फेला परेको हो।

मधेस प्रदेशमा धेरै विद्युत् चुहावट मौलापुर, कम सिमरा मंगलबार, भदौ २५, २०८१ मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ। नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै विद्युत् चुहावट हुनेमा मौलापुर वितरण केन्द्र रहेको छ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची मंगलबार, भदौ २५, २०८१ प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।

हेर्दा राम्रो माछापुछ्रे... मंगलबार, भदौ २५, २०८१

कांग्रेस नेतृ चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस मंगलबार, भदौ २५, २०८१ सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो । तर, रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा यादवलाई सिफारिस गरिएको हो ।

आइफोन- १६ सिरिज लन्च: के छन् विशेषता?, मूल्य कति? मंगलबार, भदौ २५, २०८१ कम्पनीले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि ‘एप्पल इन्टेलिजेन्स’ ले आइफोन १६ सहितका नयाँ र केही पुराना उत्पादनमा कसरी काम गर्छ भन्ने झलकसमेत प्रस्तुत गरेको थियो।

ओमान र क्यानडाविरुद्व खेल्ने नेपाली क्रिकेट टोली घोषणा मंगलबार, भदौ २५, २०८१ छनोट अन्य खेलाडीमा आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललितसिंह राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन्। देव खनाल टोलीमा ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा रहनेछन्।

सत्तारुढ दलले संविधान संशोधनका लागि बृहत् छलफल गर्ने सोमबार, भदौ २४, २०८१ सत्तारुढ दलहरूले संविधान संशोधनका लागि बृहत् छलफल गर्ने समझदारी गरेका छन्।कांग्रेस–एमालेबीच असार तेस्रो साता भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधन गर्न प्रमुख राजनीतिक दल र सम्बन्धित पक्षसँग छलफल गरेर मात्रै अघि बढाउने दलहरूबीच समझदारी भएको हो।

मेलम्ची भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित ४ जना दोषी ठहर सोमबार, भदौ २४, २०८१ मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप लागेकामध्ये १० जनालाई सफाइ दिएको हो।









