खोलाले बगाउँदा रुकुममा २ जनाको मृत्यु सोमबार, भदौ २४, २०८१

नवनियुक्त प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिह्न सोमबार, भदौ २४, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच सिग्देललाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
-1717150285.jpg)
उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने सोमबार, भदौ २४, २०८१ सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय भएको छ। आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न सूचित गरिएको हो।

सुर्खेतका लागि उडेको श्री एअरलाइन्सको जहाज आकस्मिक अवतरण सोमबार, भदौ २४, २०८१ श्री एअरलाइन्सको जहाज सुर्खेतका लागि उडेको थियो। तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन जहाजस्थलमै आकस्मिक अवतरण गराएका हुन्।

सत्ता साझेदार दलको बैठक आज बस्दै, के के छन् एजेण्डा? सोमबार, भदौ २४, २०८१ आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भएको छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धि कानुनलाई समयानुकूल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन सोमबार, भदौ २४, २०८१ प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिवहरु र दुवै सङ्गठनका प्रमुखहरुसहित आइतबार साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई समायानुकुल र वस्तुनिष्ठ बनाउनुपर्ने बताएका हुन्।

कांग्रेस नेतृ चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस गर्ने तयारी सोमबार, भदौ २४, २०८१ मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाका लागि राजदूत सिफारिस गर्ने छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले कांग्रेस नेतृ चित्रलेखा यादवको नाम अस्ट्रेलियाको राजदूतका लागि प्रस्ताव गरेकी छन्।

आजदेखि सेनाको कमान्ड सम्हाल्दै सिग्देल सोमबार, भदौ २४, २०८१ शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ गते सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए। भदौ २४ गतेबाट लागू हुनेगरि राष्ट्रपति पौडेलले सिग्देललाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका थिए।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११औँ जन्मजयन्ती मनाइँदै सोमबार, भदौ २४, २०८१ नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको १९७१ साल भदौ २४ गते जन्मिएका थिए। जहाँनियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो।

यी चार प्रदेशमा आज भारी वर्षा सोमबार, भदौ २४, २०८१ देशका केही भूभागमा बिहान वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।

डेङ्गुबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित सोमबार, भदौ २४, २०८१ कोशी प्रदेशमा डेङ्गुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन्। यस अवधिमा डेङ्गु सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ।

मोटरसाइकल नालीमा खस्दा चालकको मृत्यु सोमबार, भदौ २४, २०८१ प्रहरीका अनुसार गएराति साढे १० बजेतिर सुनवल नगरपालिका–१२ फरौली र रामग्राम नगरपालिका–११ को सिमाना पश्चिमतिरबाट पूर्वतर्फ आउँदै गरेको लु १७ प ८७८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खसेकेको थियो।
-1717146257.jpg)
सरकारी कार्यालयका कर्मचारीलाई अब खाजा खान ३० मिनेट मात्र सोमबार, भदौ २४, २०८१ सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टामा झारिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका हुन्।









