News Griha :: न्यूजगृह
सुर्खेतका लागि उडेको श्री एअरलाइन्सको जहाज आकस्मिक अवतरण
फाइल तस्बिर।

काठमाडौं—  त्रिभुवन जहाजस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एअरलाइन्सको जहाज आकस्मिक अवतरण भएको छ।

श्री एअरलाइन्सको जहाज सुर्खेतका लागि उडेको थियो। तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन जहाजस्थलमै आकस्मिक अवतरण गराएका हुन्।

अवतरणका क्रममा जहाज केहीबेर धावनमार्गमै रोकिएको थियो। जहाजमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय जहाजस्थल स्रोतले जनाएको छ।

कम्पनीका बजार प्रबन्ध अनिल मानन्धरका अनुसार यात्रुलाई अर्को जहाजबाट सुर्खेत पठाइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०९:२४
Weather Update