News Griha :: न्यूजगृह
यी चार प्रदेशमा आज भारी वर्षा

काठमाडौं— देशका केही भूभागमा बिहान वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले बताएको छ। सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

महाशाखाका अनुसार गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०७:०३
Weather Update