सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन आइतबार, भदौ २३, २०८१

ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु आइतबार, भदौ २३, २०८१ महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटार गाउँमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

स्वास्थ्य सेवा सधैँ जनमुखी हुनुपर्छः डा रुइत आइतबार, भदौ २३, २०८१ विश्व प्रसिद्ध आँखा विशेषज्ञ डा सन्दुक रुइतले सेवा सधैँ जनमुखी हुनुपर्ने बताएका छन्। आइतबार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेत्र रोग विभागको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

कांग्रेस–एमाले शीर्ष नेताहरूको बैठकले के निर्णय गर्यो? आइतबार, भदौ २३, २०८१ त्यही सहमति अनुसार कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली असार ३० मा प्रधानमन्त्री नियुक्त भए। दुई दलको बहुमत भएपनि जसपा, लोसपा र नाउपालाई पनि सरकारमै सहभागी गराइएको छ भने जनमत पार्टीको पनि समर्थन छ।तर सरकार बनेको दुई महिना भइसक्दा पनि न्यूनतम् साझा कार्यक्रम बनेको छैन।

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा आइतबार, भदौ २३, २०८१ बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल (एनईभी) को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ।

चेक अनादर मुद्दामा दोषी ठहर भए ५ प्रतिशत जरिवानासहित २ वर्षसम्म कैद सजाय हुने आइतबार, भदौ २३, २०८१ चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्न संसदीय समितिमा सहमति जुटेको छ।प्रतिनिधिसभा अन्तर्गतको अर्थ सतिमितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलका क्रममा चेक अनादर मुद्दामा हुने जरिवाना र सजायबारे सर्वसम्मत सहमति जुटेको हो ।

पैसा धेरै भएपछि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक आइतबार, भदौ २३, २०८१ बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम थुप्रिने क्रम रोकिएको छैन । निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो । यही कारण तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले आइतबार बजारबाट एक खर्ब रुपैयाँ झिक्न लागेको छ ।

कांग्रेस लुम्बिनी प्रदेश सांसद डीबी केसी कारागार चलान आइतबार, भदौ २३, २०८१ रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफै अदालतमा उपस्थित भएको जानकारी दिए। रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी माधव खरेलले प्रदेश सांसद केसीलाई अदालतले तोकिएको सजाय भुक्तान गर्न कारागार चलान गरिएको बताए।

२७०१ अंकमा झर्यो शेयर बजार आइतबार, भदौ २३, २०८१ सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको छ। बजार दिनभर उतारचढावमा रह्यो। ८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो। बजार घट्दा कारोबार रकम केही बढेको छ। बिहीबार ९ अर्ब ६५ करोडको कारोबार भएकोमा आज १० अर्ब १२ करोडको भयो।

पूर्व अनुमतिबिना प्रहरी कर्मचारीलाई बाहिरी भेटघाट गर्न रोक आइतबार, भदौ २३, २०८१ प्रहरी प्रधान कार्यालयले आइतबार आन्तरिक परिपत्र गरी तालुक कार्यालयको स्वीकृतिविना कसैले अमुक व्यक्ति तथा शक्ति केन्द्रसँग भेट गर्न नपाउने व्यवस्था गरेको हो । प्रहरी प्रधान कार्यालयबाट जारी परिपत्र उल्लङ्घन गरी अनुमतिबिना भेटघाट गर्ने कर्मचारीलाई अभिलेखमा जनिने गरी हदैसम्मको विभागीय कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

पोखरा आसपासमा गिद्धको सङ्ख्या २२ प्रतिशतले बढ्यो आइतबार, भदौ २३, २०८१ गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो ।

गौहत्या सम्बन्धी कसुरमा भुटानी शरणार्थीसहित ४ जना पक्राउ आइतबार, भदौ २३, २०८१ जिल्ला प्रहरी कार्यालयका अनुसार दमक नगरपालिका–२ का लक्ष्मण विष्टले पालेको गर्भिणी गाई चोरी गरी काटेको आरोपमा चार जनालाई पक्राउ गरिएको हो ।

मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबीबीएसको छात्रवृत्ति आइतबार, भदौ २३, २०८१ पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उनका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस)को प्रवेश परीक्षामा छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकसाथ हर्ष र खुसी छाएको हो ।









