News Griha :: न्यूजगृह
पेट्रोलियम पदार्थमा इथानोल मिश्रण नीति छिट्टै ल्याइने
पेट्रोलियम पदार्थमा इथानोल मिश्रण नीति छिट्टै ल्याइने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताएका छन्।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको जानकारी दिएका हुन्।
कांग्रेस उपसभापति गुरुङमाथि सहकारी ठगीको आरोप, सीआईबीमा पर्‍यो उजुरी
कांग्रेस उपसभापति गुरुङमाथि सहकारी ठगीको आरोप, सीआईबीमा पर्‍यो उजुरी धनराज र ज्योति श्रीमान-श्रीमती हुन्। उनीहरूमथि करिब १५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ। धनराज र ज्योतिले केही समय अघि सम्बन्धविच्छेद गरेका छन् भने यही विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने अनुमान गरिएको छ। ज्योति अहिले सम्पर्कमा नरहेको बताइएको छ। 
सुमना भन्छिन्- प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठ्यो
सुमना भन्छिन्- प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठ्यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूको दीक्षान्त समारोह रोकिएकोप्रति आपत्ति जनाएकी छन्।
नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री
नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्दालाई सम्बोधन गर्न सरकार तत्पर रहने स्पष्ट पारेका हुन्। 
नदी किनारबाट दायाँबायाँ थप २० मिटर मापदण्ड फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन माग
नदी किनारबाट दायाँबायाँ थप २० मिटर मापदण्ड फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन माग उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहले सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाभियोग लगाउन माग गरेका छन्।
प्रतिनिधि सभामा आकस्मिक समय अब २ मिनेट मात्र
प्रतिनिधि सभामा आकस्मिक समय अब २ मिनेट मात्र सोमबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै केही सांसदले ढ्याप ढ्याप गरेर आकस्मिक समय माग गरे। त्यसपछि सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने सांसदका लागि दुई मिनेट समय निर्धारण गरिएको जानकारी गराए।
मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट गाउँपालिकाले पदयात्रा शुल्क उठाउने
मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट गाउँपालिकाले पदयात्रा शुल्क उठाउने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र पुग्ने पर्यटकबाट पदयात्रा शुल्क उठाउने भएको छ।चुमनुब्री गाउँकार्यपालिका बैठकको निर्णय र चुमनुब्री गाउँपालिकाको आर्थिक ऐन (२०८१) बमोजिम मनास्लु संरक्षण क्षेत्रभित्र प्रवेश गर्ने विदेशी तथा स्वदेशी पर्यटकबाट पदयात्रा शुल्क लिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। 
रुस–युक्रेन युद्धमा थप ३ नेपालीको मृत्यु
रुस–युक्रेन युद्धमा थप ३ नेपालीको मृत्यु परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङको मृत्यु भएको हो। रञ्जितको ठेगाना खुलेको छैन। रुसले मस्कोस्थित नेपाली दूतावासलाई थप ३ जनाको मृत्यु भएको मेडिकल रिपोर्ट पठाएको हो।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि यसअघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२  हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बागलुङको मस गाउँमा एक वर्षमै फल्यो विदेशी स्याउ
बागलुङको मस गाउँमा एक वर्षमै फल्यो विदेशी स्याउ सडकको बायाँपट्टि ठूलो क्षेत्रफलमा लटरम्म फलेका थरीथरी जातका स्याउले भरिएको बगान फलामे तारले घेरिएको छ। वर्षौँअघिदेखि मस गाउँमा रैथाने जातका स्याउखेती गरिँदै आए पनि अपेक्षित उत्पादन हुन नसकेपछि विदेशबाट बिरुवा ल्याएर लगाउन थालिएको हो। 
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको ।निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ।
चितवनमा कन्टेनर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
चितवनमा कन्टेनर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश०६–००३प ४८५१ नम्बरको मोटरसाइकल सोमबार बिहान रत्ननगर नगरपालिका–३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा  मोटरसाइकल चालक रत्ननगर–१५ का ३४ वर्षीय जीवन मग्राती गम्भीर घाइते भएका थिए।
Weather Update