News Griha :: न्यूजगृह
दराज नेपालले गर्‍यो ९.९ वार्षिकोत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर
दराज नेपालले गर्‍यो ९.९ वार्षिकोत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले ९.९ वार्षिकोत्सव अभियान सार्वजनिक गरेको छ। कार्यक्रममार्फत उपभोक्ताले ६० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भौचर सुविधा प्राप्त गर्नसक्ने दराजले जानकारी दिएको छ।
पहिरोमा बेपत्ता वडासदस्य दम्पतीको शव भेटियो
पहिरोमा बेपत्ता वडासदस्य दम्पतीको शव भेटियो जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडासदस्य दम्पतीको शव फेला परेको छ।बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले पहिरोले पुरिएका दम्पतीको शव आइतबार बिहान साढे १० बजे पहिरोबाट निकालिएको जानकारी दिए।
काठमाडौं प्रहरी परिसरमा कार्यरत सहायक हबल्दार पक्राउ
काठमाडौं प्रहरी परिसरमा कार्यरत सहायक हबल्दार पक्राउ जिल्ला प्रहरी परिसर, काठमाडौंले आफ्नो मुद्दा शाखामा कार्यरत एक जना सहायक हबल्दारलाई नियन्त्रणमा लिएको छ।काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले सहायक हबल्दार गणेश खड्कालाई नियन्त्रणमा लिएर आन्तरिक छानबिन भइरहेको पुष्टि गरे।
सुन्दरीजलमा महिलाको हत्या, दुई जना पक्राउ
सुन्दरीजलमा महिलाको हत्या, दुई जना पक्राउ गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीय रामविनय महरा र २४ वर्षीय सन्तोषराम महरा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुने उक्त प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।
माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः प्रचण्ड
माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन्।विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनका नाममा जनताको हकअधिकार र प्राप्त उपलब्धीलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने धारणा व्यक्त गरे। 
साक्षरता दिवस: १० अर्ब खर्च हुँदा पनि अवस्था उस्तै
साक्षरता दिवस: १० अर्ब खर्च हुँदा पनि अवस्था उस्तै नेपालमा साक्षरता दिवस मनाउन थालेको ५८ वर्ष पुगेको छ। बहुभाषिक शिक्षाको प्रवर्द्धनः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ।
राप्ती नदीमा शुक्रबारदेखि बेपत्ता २ युवा अझै भेटिएनन्
राप्ती नदीमा शुक्रबारदेखि बेपत्ता २ युवा अझै भेटिएनन् चितवनको राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ। शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए।
तोलामा १२ सयले घट्यो सुनको मूल्य
तोलामा १२ सयले घट्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने एक लाख ५२ हजार एक सय निर्धारण भएको छ।
बालेनले भने— नयाँ मापदण्ड अन्तर्गत कुनै घर भत्किने छैन
बालेनले भने— नयाँ मापदण्ड अन्तर्गत कुनै घर भत्किने छैन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार खोला किनारका घर नभत्किने बताएका छन्।सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने बताएका हुन्।
बागलुङका १३ सय घर बिजुलीविहीन
बागलुङका १३ सय घर बिजुलीविहीन पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ।
प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक छ: प्रचण्ड
प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक छ: प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक भएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आइतबार आयोजित एक कार्यक्रममा उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध सङ्घर्ष गर्नुपर्ने स्थिति आएको बताए। 
Weather Update