News Griha :: न्यूजगृह
सुन्दरीजलमा महिलाको हत्या, दुई जना पक्राउ

काठमाडौं— गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीय रामविनय महरा र २४ वर्षीय सन्तोषराम महरा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए।

सुन्दरीजलस्थित ढुङ्गाको चेपभित्र शङ्कास्पद अवस्थामा बिहीबार महिलाको शव भेटिएको थियो। प्रहरीका अनुसार, उनी मजदुरी गरेर गुजारा चलाउँदै आएकी महिला हुन्।

‘सुरुमा नामसहितका विवरण नखुलेपनि प्राविधिक पक्ष र मानवीय सूचनाहरूको विश्लेषण गरेर अनुसन्धान गर्दै जाँदा संलग्न व्यक्तिहरू शनिबार बसुन्धारा क्षेत्रबाट पक्राउ परेका हुन्,’ अधिकारीले थपे, ‘हाल उनी सिराहाकी राम दुलारी भएको भन्ने बुझिएको छ।’

यद्यपि, हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन्। प्रारम्भिक जाँचका क्रममा हत्याको कारण प्रेम सम्बन्ध हुनसक्ने आशङ्का गरिएको छ। थप अनुसन्धान भइरहेको अधिकारीले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १३:१२
Weather Update