कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ बुधबार, भदौ २६, २०८१

‘हिंसा शब्द’मा सदनमा फेरि दोहोरी चल्यो बुधबार, भदौ २६, २०८१ सभामुख देवराज घिमिरेले माओवादी हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै संसद्को रेकर्डबाट हटाउन नपर्ने जानकारी गराएका छन्।त्यसपछि माओवादी सांसदले उठेर सभामुखको उक्त निर्णयप्रति आपत्ति जनाए। बैठकमा एमाले र माओवादी सांसदबीच चर्काचर्की भएपछि भदौ ३० गतेसम्म संसद् स्थगित गरिएको छ।

पाँचथरमा ग्रिनेड विस्फोटः सरकारले मृतक परिवारलाई ५ लाख दिने र घाइतेको निःशुल्क उपचार गर्ने बुधबार, भदौ २६, २०८१ पाँचथरको फालेजुङ गाउँपालिका–५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए।

अर्घाखाँचीको शीतगंगामा जीप दुर्घटना : १ जनाको मृत्यु, ९ घाइते बुधबार, भदौ २६, २०८१ अर्घाखाँची शीतगंगा नगरपालिका–१२ हिलेखोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्।

उपसभामुखको हस्ताक्षर दुरुपयोग भएकै हो, स्पष्टीकरणको मौका पाउनुपर्छः रास्वपा बुधबार, भदौ २६, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले आफ्नो हस्ताक्षरको दुरुपयोग गरेको स्वीकार गरेको छ।बुधबार सिंहदरबारमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कार्यवाहक प्रवक्ता मनीष झाले १८ महिनासम्म यो विषय लुकाएर राखिएको र राजनीतिक दाउपेचका लागि अहिले निकालिएको बताए।

दसैँका लागि असोज १३ देखि सुकिला नोट साट्न पाइने बुधबार, भदौ २६, २०८१ दसैँका लागि असोज १३ देखि सुकिला नोट साट्न पाइने भएको छ।असोज १३ देखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।

काँचो केरामै विषादीको मात्रा भेटियो बुधबार, भदौ २६, २०८१ ती नमुनामध्ये दुई नमुनामा कार्बामेट कीटनाशक विषादीको उच्च मात्रा फेला परेको प्रयोगशालाका प्रमुख अम्बिका बोहोराले बताए। उनका अनुसार काँचो केराको दुई नमुनामा कार्बामेटको रोकावट प्रतिशत ५२.८५ र ५३.११ पुष्टि भएको छ। अर्को एक नमुनामा भने ४४.७६ प्रतिशत कार्बामेट भेटिएको छ।

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा बुधबार, भदौ २६, २०८१ नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाको राजीनामा मागेको छ। बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शिर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो।

उपसभामुख रानाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुँदै बुधबार, भदौ २६, २०८१ उपसभामुख रानाले अघिल्लो वर्ष अमेरिकाको एक कार्यक्रममा जानका लागि केही व्यक्तिको भिसाको अन्तरवार्ताको समय छिटो मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्। सोही विषयलाई लिएर सत्ता पक्ष दलले उनको उपसभामुख पद खोस्न लागेका हुन्।

सुनको मूल्य अहिलेसम्मकै उच्च बुधबार, भदौ २६, २०८१ आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।

वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद हुँदा बारामा श्रीमतीको हत्या, २ छोरीमाथि खुर्पा प्रहार बुधबार, भदौ २६, २०८१ बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन्। निजगढ नगरपालिका–९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्काश सापकोटाले जानकारी दिए।

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, प्रचण्ड र उपसभामुख उपस्थित होलान्? बुधबार, भदौ २६, २०८१ आज नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक डाकिएको जनाइएको छ।न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो। उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको हो।

ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन्..., अहिले आए आँशु ! बुधबार, भदौ २६, २०८१ सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले ५ वर्ष अघि नै सर्वोच्चले गरेको आदेशमा अहिले आएर प्रधानमन्त्रीसहितका व्यक्तिहरूले असहमति जनाउनु र सर्वोच्चको आदेश पालना नगर्ने भनेर अडिग कस्नुले ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ भन्ने चरित्र दर्शाइरहेको टिप्पणी गरेका छन्।









