News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, प्रचण्ड र उपसभामुख उपस्थित होलान्?
फाइल तस्बिर।

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्। बुधबार साँझ ५ बजे सिंहदरबारमा बस्नेगरि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक डाकिएको जनाइएको छ।न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो। उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको हो।

तर, आजको बैठकमा विपक्षी दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपसभामुख इन्दिरा राना उपस्थित हुनेनहुने टुङ्गो छैन। प्रचण्ड पार्टी बैठक र प्रशिक्षणको लागि यतिबेला मधेसमा छन्।  उपसभामुख रानालाई सत्तारुढ कांग्रेस र एमालेले उपसभामुखबाट हटाउने तयारी गरिरहेका छन्।

न्यायपरिषद्ले सिफारिस गरेका ८ जना मध्येबाट एकजनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।  
हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट अवकाशमा जाँदैछन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १०:४०
विचार/ब्लग
Weather Update