असोज ३ गतेसम्म काठमाडौं नछाड्न सांसदहरूलाई कांग्रेसको ह्वीप बुधबार, भदौ २६, २०८१

संवैधानिक परिषद्को बैठक स्थगित बुधबार, भदौ २६, २०८१ प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने परिषद्को बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ । न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम पठाएको थियो ।

क्यानडा पठाउने भन्दै एक करोड ६५ लाख ठगेको आरोपमा एक जना पक्राउ बुधबार, भदौ २६, २०८१ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए। रोल्पा घर भई काठमाडौंको कलंकी बस्ने २९ वर्षीय रणबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो।

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते बुधबार, भदौ २६, २०८१ तनहुँका डीएसपी दीपककुमार रायका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा खसेको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो।

२ महिनामा जापानी इन्सेफ्लाइटिसबाट ९ जनाको मृत्यु, यस्ता हुन्छन् शङ्कास्पद लक्षण बुधबार, भदौ २६, २०८१ यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार साउन १५ यता जापानी इन्सेफ्लाइटिस सङ्क्रमितको सङ्ख्या ५३ पुगेको हो।

सुनसरीबाट ४८० केजी गाँजा बरामद बुधबार, भदौ २६, २०८१ सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा इलाकातर्फ जाँदै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अवस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बीओपी लौकही र सुरक्षा वेश भुटाहाको टोलीले बरामद गरेको हो।

२६१० विन्दुमा झर्यो नेप्से, कारोबार रकम ६ अर्ब ८५ करोडमा सीमित बुधबार, भदौ २६, २०८१ आज नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकममा पनि गिरावट आएको छ।मंगलबार सात अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन छ अर्ब ८५ करोडको कारोबार भएको छ।

बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने बुधबार, भदौ २६, २०८१ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ।विभागद्वारा बुधबार जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ।

अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द बुधबार, भदौ २६, २०८१ कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ। अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालत दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो।

पोखरामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या बुधबार, भदौ २६, २०८१ पोखरा महानगरपालिका–८ बगालेटोल बस्ने ४२ वर्षीय जहरसिंह कुँवरले बुधबार खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

नदी तटीय क्षेत्रसम्बन्धी फैसला पुनरावलोकनको प्रक्रिया थाल्न माओवादी केन्द्रको आग्रह बुधबार, भदौ २६, २०८१ नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिनिधि सभामा एमाले र माओवादीको जुहारी, बैठक स्थगित बुधबार, भदौ २६, २०८१ ‘हिंसा’ शब्दमा नेकपा एमाले र माओवादी केन्द्रले फेरि जुहारी खेलेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

मोरङमा करेन्ट लागेर दम्पतीको मृत्यु बुधबार, भदौ २६, २०८१ बूढीगङ्गा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो। प्रहरीका अनुसार उनीहरु श्रीमान श्रीमती हुन्।









