नेपालमा उत्पादित तरकारी कतार निर्यात बिहीबार, भदौ २७, २०८१

नेप्से ७८ अंकले बढ्यो बिहीबार, भदौ २७, २०८१ लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ७८ दशमलव १७ अंकले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो।

एकान्तकुनामा सञ्चालित कल सेन्टरमा सीआईबीको छापा, ५ महिलासहित ५० जना पक्राउ बिहीबार, भदौ २७, २०८१ ललितपुरको एकान्तकुनामा कल सेन्टर खोलेर अवैध कारोबारमा संलग्न दुई जना चिनियाँ नागरिक र एक फिलिपिनोसहित ५० जनालाई प्रहरीले पक्राउ गरेको छ।

बैङ्किङ कसुर मुद्दा: धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी थुन्न नपाइने बिहीबार, भदौ २७, २०८१ बैङ्किङ कसुरको मुद्दामा कैद अवधि भुक्तान गरेर जरिवाना बुझाउन नसकेका कारण थुनामा रहेका एक व्यक्तिको मुद्दाको व्याख्याका क्रममा सर्वोच्च अदालतले त्यस्ता मुद्दा ६ महिनाभित्र फैसला हुन नसके उनीहरूलाई थुनामुक्त गर्नु भनी आदेश गरेको हो।

संवैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव बिहीबार, भदौ २७, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायमा रिक्त रहेका पद छिटो सिफारिस गर्न सुझाव दिएका छन्। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले रिक्त पदमा छिटो सिफारिस गर्न सुझाव दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ बिहीबार, भदौ २७, २०८१ कसुरबाट भाग्न सुरज वैदेशिक रोजगारीका लागि कतार जान लागेको भन्ने प्रहरीले सूचना पाएपछि आवश्यक समन्वय गरी विमानस्थलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। सुरजकी जेठी श्रीमती रिताले आफू हुँदाहुँदै श्रीमानले कान्छी घताने गुरुङसँग विवाह गरेको भन्दै प्रहरीमा बहुविवाहको जाहेरी दिएकी छन्।

२१ महिनापछि कोशीमा संसदीय समितिको नेतृत्व चयन हुँदै, तीन दलले गरे भागबन्डा बिहीबार, भदौ २७, २०८१ कोशी प्रदेशसभाका संसदीय समितिको निर्वाचन २१ महिनापछि हुन लागेको छ।भोलि शुक्रबारका लागि तोकिएको निर्वाचनमा उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज बिहीबार १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ।

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्छः गृहमन्त्री लेखक बिहीबार, भदौ २७, २०८१ सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज उनले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने भन्ने विषयमा स्पष्ट हुन समितिमा अझ बढी छलफल हुनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसद्मा सम्बोधन गर्ने बिहीबार, भदौ २७, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।प्रधानमन्त्री ओली आगामी असोज ४ गते संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा सहभागी हुने अमेरिका जाँदैछन्।

तोलामा एक सयले घट्यो सुनको मूल्य बिहीबार, भदौ २७, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ।

ओली, देउवा र प्रचण्डबीच भेटवार्ता बिहीबार, भदौ २७, २०८१ प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा शुक्रबार बस्ने परिषद् बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगन भएको थियो।

त्रिभुवन विमानस्थलले भन्यो– खादामाला नल्याउनू बिहीबार, भदौ २७, २०८१ ‘हवाई यात्रुले लगाएर आउने खादामाला वा झोलामा बाँधेर ल्याउने खादाले सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षा उपकरणहरूमा गम्भीर क्षति पुर्याइरहेको छ,’ कार्यालयले बिहीबार निकालेको अपीलमा भनिएको छ, ‘यसले विमानस्थलको सौन्दर्यतामा पनि नकारात्मक असर पुगेको छ।’
-1726119931.jpg)
वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी बिहीबार, भदौ २७, २०८१ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताएका छन्।बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनतामा आशा जगाएको बताए।









