News Griha :: न्यूजगृह
प्रधानमन्त्री ओलीले किन बोलाए सबै मन्त्रीलाई सिंहदरबार ? 
प्रधानमन्त्री ओलीले किन बोलाए सबै मन्त्रीलाई सिंहदरबार ?  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने भएका छन्। दिउँसो साढे २ बजे प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आफ्नो कार्यालय सिंहदबारमा बोलाएका छन्। प्रचण्ड नेतृत्वको सरकारलाई हटाएर एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार बनेको २ महिना पुग्न लाग्दा पनि मन्त्रीहरूको काम चित्त बुझ्दो नभएको भन्दै जनस्तरबाट आलोचना भइरहेको छ।
५ महिनादेखि चिकित्सक बेपत्ता
५ महिनादेखि चिकित्सक बेपत्ता काठमाडौंमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ।
आर्थिक मन्दीले मकवानपुरका ६१० उद्योग बन्द
आर्थिक मन्दीले मकवानपुरका ६१० उद्योग बन्द मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ २६८ र वाणिज्यतर्फका ३३६ उद्योगले लगत कट्टा गराएका छन्। आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका २८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो।  
पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध
पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।
गाजाको एक विद्यालयमा इजरायली सेनाको आक्रमण, राष्ट्रसङ्घका कर्मचारीसहित १९ को मृत्यु
गाजाको एक विद्यालयमा इजरायली सेनाको आक्रमण, राष्ट्रसङ्घका कर्मचारीसहित १९ को मृत्यु आश्रयस्थलका प्रबन्धकसहित राष्ट्रसङ्घीय सहायता एजेन्सी उनर्वाका ६ जना कर्मचारी पनि ज्यान गएको छ।  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा संयुक्त राष्ट्रसङ्घका कर्मचारी र मानवीय सहायताकर्मीको हत्याको जवाफदेहिता नहुनु पूर्णरूपमा अस्वीकार्य भएको बताएका छन्। 
पूजाको प्रसाद खाँदा झापाको खरबन्दी गाउँका ६० जना बिरामी
पूजाको प्रसाद खाँदा झापाको खरबन्दी गाउँका ६० जना बिरामी पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ।अर्जुनधारा नगरपालिका–९ को खरबन्दी गाउँ नै बिरामी परेको हो। स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो। पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए।
इङ्ल्यान्डविरुद्धको टी२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी
इङ्ल्यान्डविरुद्धको टी२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई २८ रनले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको १७९ रनको लक्ष्य पछाएको इङ्ल्यान्ड १९.२ ओभरमा अल आउट हुँदै १५१ रन मात्र बनाएको थियो।
पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन
पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन्।सरकारले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पछि विराटनगर–६ निवासी निर्मला शर्माकी ४२ दिने शिशुको हातबाट जुस खाएर कार्कीले राति अनशन तोडेका हुन्।
युरो बढ्यो, पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य घट्यो
युरो बढ्यो, पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य घट्यो  नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सटही दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ। नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ।
यी स्थानमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना, पछिल्लो १२ घण्टामा कहाँ कति पानी पर्‍यो?
यी स्थानमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना, पछिल्लो १२ घण्टामा कहाँ कति पानी पर्‍यो? मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेश र आसपास रहेको न्यूनचापिय प्रणालीको पनि प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दसैँका लागि हवाई टिकट बुकिङ सुरु, बसको असोज पहिलो हप्तादेखि
दसैँका लागि हवाई टिकट बुकिङ सुरु, बसको असोज पहिलो हप्तादेखि दसैँ आउन एक महिना बाँकी रहँदा यात्रुले  हवाई टिकट बुकिङ गर्न थालेका छन्। बसका टिकट असोज पहिलो हप्तादेखि खुला गर्ने भनिएको छ।एअरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दसैँलाई भन्दै अग्रिम बुकिङ थालिसकेका हुन्।
चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो।
Weather Update