News Griha :: न्यूजगृह
पूजाको प्रसाद खाँदा झापाको खरबन्दी गाउँका ६० जना बिरामी

काठमाडौं— पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ।

अर्जुनधारा नगरपालिका–९ को खरबन्दी गाउँ नै बिरामी परेको हो। स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो। पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए।

प्रसाद खाने सबै बिरामी परेका हुन्। पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन्। घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन्।

अर्जुनधारा नगरपालिका–९ का वडा अध्यक्ष भीष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५–६० जना बिरामी भएका छन्। बिरामीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

पूजामा प्रसाद खाएको केही समयपछि सबैलाई झाडावान्ता भएको थियो। ज्वरो पनि आएको छ। फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए।

भिडिओ स्रोत: भीमकुमार बाँस्कोटा । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०८:०८
Weather Update