News Griha :: न्यूजगृह
गाजाको एक विद्यालयमा इजरायली सेनाको आक्रमण, राष्ट्रसङ्घका कर्मचारीसहित १९ को मृत्यु
तस्बिर : बीबीसी

काठमाडौं—  इजरायलको सेनाले मध्य गाजामा रहेको संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित अल–जाउनी विद्यालयमा आक्रमण गर्दा १९ जनाको मृत्यु भएको छ। 

आश्रयस्थलका प्रबन्धकसहित राष्ट्रसङ्घीय सहायता एजेन्सी उनर्वाका ६ जना कर्मचारी पनि ज्यान गएको छ।  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा संयुक्त राष्ट्रसङ्घका कर्मचारी र मानवीय सहायताकर्मीको हत्याको जवाफदेहिता नहुनु पूर्णरूपमा अस्वीकार्य भएको बताएका छन्। 

गाजामा इजरायलले आक्रमण सुरु गरेयता ११ महिनामा एउटै घटनामा यूएनका कर्मचारीको सबैभन्दा बढी मृत्यु भएको यो पहिलो घटना हो।

यसैबीच, हमासले मध्यस्थकर्ताहरूलाई अमेरिकाले प्रस्ताव गरेको, संयुक्त राष्ट्रसङ्घले समर्थन गरेको युद्धविराम प्रस्तावलाई कुनै पनि पक्षबाट कुनै नयाँ सर्तबिना कार्यान्वयन गर्न तयार रहेको बताएको छ। 

गाजामा इजरायलको हमलाबाट ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने ९५ हजारभन्दा बढी घाइते भएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०८:१७
Weather Update