नेपाल प्रहरीमा ३२० जनालाई जागिरको अवसर, इन्स्पेक्टर र असईमा खुल्यो भर्ना शुक्रबार, भदौ २८, २०८१
-1724144053.jpg)
प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषद् बैठक शुक्रबार, भदौ २८, २०८१ सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन्। संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब शुक्रबार, भदौ २८, २०८१ कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ। प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने भन्ने विषय आफैँमा पेचिलो बन्दै गएको छ। यसले पूर्वाधार निर्माण र व्यवस्थापन गर्नतर्फ दबाब बढेको छ।

अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय शुक्रबार, भदौ २८, २०८१ अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ।

कोशी सरकारमा सहभागि हुँदै कांग्रेस, मन्त्रीहरूको शपथ आजै शुक्रबार, भदौ २८, २०८१ कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस आजबाट सहभागी हुने भएको छ। शुक्रबार बिहान नौ बजे कांग्रेसका मन्त्रीहरूले शपथ लिने भएका छन्। कोशी सरकारमा कांग्रेसको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका सांसद भुपेन्द्र राईले गर्ने भएका छन्।

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त शुक्रबार, भदौ २८, २०८१ लगानी बोर्डको सीईओ पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा परेका थिए। त्यसमध्येबाट ३ जनाको नाम बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयलाई, असोज ३ देखि सर्वसाधारण चढ्न पाउने शुक्रबार, भदौ २८, २०८१ काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा असोज ३ देखि अस्थायी रुपमा सञ्चालन हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

अमेरिकी डलर र युरोको मूल्य घट्यो शुक्रबार, भदौ २८, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ।

यी प्रदेशमा हुरीबताससहित मुसलधारे वर्षा हुने शुक्रबार, भदौ २८, २०८१ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको बताएको छ।

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन बिहीबार, भदौ २७, २०८१ भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ। भारतीय मिडियाका अनुसार यचुरीको आज ७२ वर्षको उमेरमा निधन भएको हो।

लागूऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ बिहीबार, भदौ २७, २०८१ लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन्।

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता बिहीबार, भदौ २७, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल तथा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

उपसभामुख हटाउने कार्यको प्रतिकार गर्छौं : रास्वपा बिहीबार, भदौ २७, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तारुढ दलहरूको तयारीको प्रतिकार गर्ने चेतावनी दिएका छन्।बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर रास्वपाले उपसभामुख हटाउने कार्यको प्रतिकार गर्ने बताएको हो।









