News Griha :: न्यूजगृह
महाकाली नदीको जलसतह उच्च
महाकाली नदीको जलसतह उच्च जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार जिल्लामा बाढीको जोखिम उच्च रहेको छ। उनका अनुसार दोदा नदीको बाढीका कारण विस्थापित भएका ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने
नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ। नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि सिफारिस हुने निश्चित बनेको हो।
एनपीएलका ८ मार्की खेलाडीको घोषणा
एनपीएलका ८ मार्की खेलाडीको घोषणा शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गरेको हो।
प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई पुरस्कार प्रदान
प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई पुरस्कार प्रदान मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो। यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ।
सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ
सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो। यो सुनको अहिलेसम्म कै उच्च मूल्य हो।यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ...
केजरीवाललाई सर्वोच्च अदालतले दियो जमानत
केजरीवाललाई सर्वोच्च अदालतले दियो जमानत भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट जमानत पाएका छन्। केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार १३ सेप्टेम्बरमा जमानत दिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।  सर्वोच्च अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर प्रकरणमा जमानत दिएको हो। अदालतले आफ्नो आदेशमा केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने बताएको छ।
तीन मन्त्री र एक राज्यमन्त्रीसहित कोशी सरकारमा सहभागी भयो कांग्रेस, भुपेन्द्रलाई भौतिक पूर्वाधार
तीन मन्त्री र एक राज्यमन्त्रीसहित कोशी सरकारमा सहभागी भयो कांग्रेस, भुपेन्द्रलाई भौतिक पूर्वाधार प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो। कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन्। सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन्।
जीप दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाको निधन
जीप दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाको निधन मध्यपहाडी लोकमार्गमा सरकारी जीप पल्टिँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ। घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको निधन भएको हो। तीन जनाको मृत्यु भए पनि अन्य एक पुरुषको पहिचान खुलेको छैन।
ह्यारिससँगको अर्को बहसमा भाग लिन ट्रम्पको अस्वीकार
ह्यारिससँगको अर्को बहसमा भाग लिन ट्रम्पको अस्वीकार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिससँगको अर्को राष्ट्रपति बहसमा भाग नलिने घोषणा गरेका छन्। ट्रम्पले मङ्गलबार रातिको बहस जितेको दाबी गरेपनि सर्वेक्षणहरूले भने ह्यारिसले जितेको देखाएका छन्।
बाग्लुङमा सरकारी गाडी दुर्घटना, तीनजनाको मृत्यु
बाग्लुङमा सरकारी गाडी दुर्घटना, तीनजनाको मृत्यु बाग्लुङको गलकोट नगरपालिका २ नरेठाटीको भुङ्खानीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।मध्यपहाडी लोकमार्गमा रा१झ२०० नं.को सरकारी पिकअप गाडी सडकदेखि झन्डै ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
पहिरोमा पुरिएर डोटीमा श्रीमानश्रीमती घाइते
पहिरोमा पुरिएर डोटीमा श्रीमानश्रीमती घाइते अविरल वर्षापछि गएराति घरमाथि खसेको पहिरोमा पुरिएर बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय भागरथी जेठारा घाइते भएको प्रहरीले जनाएको छ।v
पलेशालाई सरकारले दिने ६५ लाख नगद पुरस्कार आज प्रदान गरिदै
पलेशालाई सरकारले दिने ६५ लाख नगद पुरस्कार आज प्रदान गरिदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आज पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ पुरस्कार रकम हस्तान्तरण गर्दै छन्।प्रधानमन्त्री ओलीले आज एक कार्यक्रममा बीच उक्त पुरस्कार हस्तान्तरण गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ। 
Weather Update