News Griha :: न्यूजगृह
आइफोन १६ नेपाल आइपुग्न एक महिना लाग्ने
आइफोन १६ नेपाल आइपुग्न एक महिना लाग्ने आइफोन १६ सिरिज अबको एक महिनाभित्र नेपालमा उपलब्ध हुने भएको छ। नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्टका प्रबन्ध निर्देशक पवन भिमसरियाले एक महिनामा यो सिरिज नेपाल आइपुग्ने जानकारी दिएका हुन्।
बझाङ केन्द्रबिन्दु भएर भूकम्प
बझाङ केन्द्रबिन्दु भएर भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो।
१ किलो सुनसहित बैङ्ककबाट आएकी भारतीय महिला पक्राउ
१ किलो सुनसहित बैङ्ककबाट आएकी भारतीय महिला पक्राउ विमानस्थलको आगन्तुक क्षेत्रमा जाँच गर्ने क्रममा ब्यागेजमा सुन फेला परेपछि थाइ एअरमार्फत बैङ्ककबाट काठमाडौं आएकी ३७ वर्षकी भारतीय नागरिक सुमित्रा देवीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
तातोपानीबाट काठमाडौं आउँदै गरेको जीप भोटेकोशीमा खस्यो, दुईजना बेपत्ता
तातोपानीबाट काठमाडौं आउँदै गरेको जीप भोटेकोशीमा खस्यो, दुईजना बेपत्ता सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा शुक्रबार अपरान्ह खसेको बोलेरो जीपलाई नदीबाट निकालिएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित बबन्डरटोलबाट गाडी भोटेकोशी नदीमा खसेको थियो। 
जेलमुक्त भए दिल्लीका मुख्यमन्त्री केजरीवाल
जेलमुक्त भए दिल्लीका मुख्यमन्त्री केजरीवाल सर्वोच्च अदालतको आदेशपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन्। तिहाड जेलबाट बाहिर आएका केजरीवालले आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन्।
संवैधानिक परिषदको बैठक अनिर्णीत
संवैधानिक परिषदको बैठक अनिर्णीत संवैधानिक परिषदको बैठक अनिर्णीत भएको छ। प्रधानन्यायाधीश सिफारिस गर्न आज बसेको संवैधानिक परिषदको बैठक निर्णयमा पुग्न नसकेको र अर्को बैठक सोमबार बस्ने भएको छ।
संसद्को अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय
संसद्को अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको छ। संसदीय दलको शुक्रबार बसेको बैठकले एमाले सचिव योगेश भट्टराईले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको निष्कर्षसहित संसद्मा पार्टीले गरिरहेको अवरोधलाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन्।
संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी
संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी बजेट अधिवेशनको रुपमा लिइने चालू वर्षे अधिवेशनमा बजेटका अलावा केही विधेयकहरू पारित समेत पारित भएका छन्।सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक) चालू अधिवेशनले नै पास गरेको हो।
क्रिप्टो कारोबार गरेको आरोपमा दुई युवक पक्राउ
क्रिप्टो कारोबार गरेको आरोपमा दुई युवक पक्राउ क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
मितेरी सहकारी प्रकरण: धनराजको डिभोर्स कागजी मात्र, एक महिना अगाडि तिरेका थिए ऋण
मितेरी सहकारी प्रकरण: धनराजको डिभोर्स कागजी मात्र, एक महिना अगाडि तिरेका थिए ऋण समितिका सभापति सुर्य थापासहित सबै सदस्यले सहकारीको स्थलगत निरीक्षण गरेर जानकारी लिएका छन्। त्यसक्रममा समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको १५ करोड बचत हिनामिना बारे सोधपुछ गरेको थियो।
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु सचिवालयबाट वार्षिक कार्ययोजना पारित गरी मिसन ०८४ लक्षित संगठन निर्माण र विस्तार, शुद्धीकरण र सुदृढीकरणलगायत अभियान चलाउने एमालेको तयारी छ।भदौ १९ मा सम्पन्न पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको थियो। बैठकले सुझावसहित पारित गर्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो।
वीर अस्पतालमा पनि सुरु भयो जलनको उपचार
वीर अस्पतालमा पनि सुरु भयो जलनको उपचार अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार आजबाट उक्त बन्द रहेको ‘जलन उपचार केन्द्र’ बाट जलनका बिरामीको उपचार सेवा सुरु गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज उक्त बन्द रहेको वार्ड सहित अस्पतालमा जलनको सम्बन्धी उपचार सेवाको शुभारम्भ गरेका हुन्। जसमा जलनका बिरामीलाई मात्रै उपचार गर्न भनेर  १० जनरल बेड,...
Weather Update