News Griha :: न्यूजगृह
एमालेको सचिवालय बैठक सुरु

काठमाडौं— नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

सचिवालयबाट वार्षिक कार्ययोजना पारित गरी मिसन ०८४ लक्षित संगठन निर्माण र विस्तार, शुद्धीकरण र सुदृढीकरणलगायत अभियान चलाउने एमालेको तयारी छ।

भदौ १९ मा सम्पन्न पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको थियो। बैठकले सुझावसहित पारित गर्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो।

अधिकारीका अनुसार बैठकमा तत्कालीन संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङको सम्झनामा स्मृति प्रतिष्ठान निर्माणका विषयमा पनि छलफल गर्ने एजेण्डा छ। 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:२०
Weather Update