जेलमुक्त भए दिल्लीका मुख्यमन्त्री केजरीवाल

काठमाडौं— सर्वोच्च अदालतको आदेशपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन्। तिहाड जेलबाट बाहिर आएका केजरीवालले आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन्।
भारतको सर्वोच्च अदालतले शुक्रबार आम आदमी पार्टीका प्रमुख समेत रहेका मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा छोड्न आदेश दिएको थियो।
ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो। सर्वोच्च अदालतले जुलाईमा जमानत दियो, तर सीआईबीले फेरि पक्राउ गर्यो।
जेलबाट बाहिर आएपछि केजरीवाल समर्थकहरूलाई सम्बोधन गर्ने क्रममा भावुक भए।
‘उनीहरूले मलाई जेलमा हाले, उनीहरूलाई लागेको थियो कि केजरीवाललाई जेलमा हाल्दा हतोत्साहित हुन्छन्’ उनले भने, ‘आज म तपाईंहरूलाई भन्न चाहन्छु, म जेलबाट बाहिर आएँ । मेरो हौसला १०० गुणा बढेको छ।’
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१ २०:५६