News Griha :: न्यूजगृह
लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीले दिए राजीनामा

दाङ— बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन्।

उनले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मंगलबार राजीनामा दिएको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताए । उनको राजीनामा स्वीकृत भएको छैन ।

मन्त्री भएपछि उनको बारेमा चौतर्फी विरोध भएको थियो । स्रोतका अनुसार कुर्मीलाई कांग्रेस पार्टी केन्द्रले मुद्दाको छिनोफानो नलाग्दासम्म मन्त्री पदबाट राजीनामा दिन सर्कुलर गरेको हो ।

कांग्रेस–माओवादीको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका थिए । शाहलाई साउन ९ गते कांग्रेसबाट बिनाविभागीय मन्त्री बनाएको थियो। मुख्यमन्त्री आचार्यले साउन १८ गते कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए।

कुर्मीविरुद्ध कर्तव्य जान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । उनलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २०:२६
विचार/ब्लग
Weather Update