News Griha :: न्यूजगृह
दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ देखि
दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ देखि शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिबीच भएको बैठकले यस्तो निर्णय गरेको हो। अग्रिम टिकट खुलाउनुअघि यातायात व्यवस्था विभागसँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ।
काभ्रेबाट ठूलो परिमाणमा पटाका बरामद
काभ्रेबाट ठूलो परिमाणमा पटाका बरामद बीपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले पटाका बरामद गरेको छ।
यस्तो छ आजको विनिमय दर
यस्तो छ आजको विनिमय दर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । 
आईसीसी विश्वकप लिग- २ मा जित्नैपर्ने दबाबकाबीच क्यानडासँग खेल्दै नेपाल
आईसीसी विश्वकप लिग- २ मा जित्नैपर्ने दबाबकाबीच क्यानडासँग खेल्दै नेपाल यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ ।
कर्मचारीलाई लुम्बिनीका मुख्यमन्त्रीको १४ बुँदे निर्देशन
कर्मचारीलाई लुम्बिनीका मुख्यमन्त्रीको १४ बुँदे निर्देशन लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारीलाई १४ बुँदे निर्देशन जारी गरेका छन् । मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन र उद्देश्य प्राप्तिका लागि निर्देशन जारी गरिएको हो ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान विभागकानुसार हाल देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागकमनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
बागमतीका मुख्यमन्त्री लामाले बोलाए सर्वदलीय बैठक
बागमतीका मुख्यमन्त्री लामाले बोलाए सर्वदलीय बैठक मुख्यमन्त्री लामाले आइतबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन्। बैठक मुख्यमन्त्री लामाको सरकारी निवासमा बस्नेछ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रतिपक्ष दलले अवरोध गर्ने सङ्केत दिएपछि मुख्यमन्त्री लामाले सर्वदलीय बैठक बोलाएका हुन्।
बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव
बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ। विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन्। यहाँ बिरामीको सङ्ख्या बढ्न थालेसँगै रगतको माग बढेपछि अभाव हुन थालेको हो। 
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले शनिबार आयोजित एक कार्यक्रममा उद्घाटन गरे।
सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल
सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौँ भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्नेलगायत गलत कदमका कारण सरकार सुरुआतकै चरणमा असफल भएको टिप्पणी गरे।
कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्ने गुनासो छः देउवा
कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्ने गुनासो छः देउवा सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुई ठूला दलबीचको सत्ता सहकार्यले नागरिक खुशी भएको बताएका छन्।शनिबार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको शालिक अनावरण गर्दै उनले कांग्रेस र एमालेको सहकार्यले देशभर सकारात्मक सन्देश गएको बताएका हुन्।
दिल्लीकी मुख्यमन्त्री बनिन् आतिशी
दिल्लीकी मुख्यमन्त्री बनिन् आतिशी त्यही दिन केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिए भने आतिशीले आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गरिन्। शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन्। कैलाश गेहलोत, गोपाल राय, शौरभ भारद्धाज, इमरान हुसेन र मुकेश अहलावतले मन्त्री बनेका छन्।
Weather Update