चट्याङ लागेर एकको मृत्यु शनिबार, असोज ५, २०८१

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो शनिबार, असोज ५, २०८१ नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ।

ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु शनिबार, असोज ५, २०८१ हेटौँडाबाट थानाभर्याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

न्युयोर्कमा ओली–मोदी साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुने शनिबार, असोज ५, २०८१ न्ततः न्युयोर्कमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ७९ औं संयुक्त राष्ट्रसङ्घको महासभाको दौरान द्विपक्षीय साइडलाइनमा भेटवार्ता हुने तय भएको छ।भारतीय प्रधानमन्त्री मोदीसँग न्युयोर्कमा साइडलाइनमा द्विपक्षीय भेटवार्ताको लागि नेपालले केही समयअघिदेखि नै प्रस्ताव गरे पनि नयाँ दिल्लीको तर्फबाट सकारात्मक जवाफ आइसकेको थिएन।

साउदीमा ४० नेपाली कामदार अलपत्र शनिबार, असोज ५, २०८१ नेपालबाट सगरमाथा म्यानपावर, यात्रा एचआर, ओम ओभरसिजबाट साउदी लगिएका नेपाली श्रमिकहरू अलपत्र परेका हुन्। यो समूहमा दुई महिनादेखि दुई वर्षसम्म साउदी पुगेकाहरू छन्। ती नेपालीलाई कम्पनीले काम दिएको छैन। खाना पनि दिइएको छैन।

दसैँको उत्तम साइत असोज २६ गते बिहान ११:३६ बजे शनिबार, असोज ५, २०८१ त्यस दिन बिहान ८:३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए।

३९ सहकारीमा बचतकर्ताको साढे ७६ अर्ब फस्यो, कुनमा कति? शुक्रबार, असोज ४, २०८१ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले ३९ सहकारीमा सर्वसाधारणको रकम बचत तथा निक्षेप भएको उल्लेख गरेको छ। यो रकममा शेयर पूँजी तथा ब्याजको रकम जोडिएको छैन। शेयर पूँजी र ब्याज जोड्दा अझै बढी हुन्छ।

आमा–छोरा हत्या प्रकरणः अभियुक्त पक्राउ शुक्रबार, असोज ४, २०८१ उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको छ। वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र उनका छ वर्षीया छोरा आरुस थापाको हत्या गरेको अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापामगरलाई प्रहरीले सार्वजनिक...
-1717758427.jpg)
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध पूरक अभियोग लैजाने प्रहरीको तयारी शुक्रबार, असोज ४, २०८१ लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन्। सूर्यदर्शन सहकारीका संचालकहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा ९ सय ७१ जनाले रकम हिनामिना गरेको भन्दै जाहेरी दिएका थिए। सहकारीका पूर्वअध्यक्ष जीबी राईविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ। उनी अहिले फरार छन्। सूर्यदर्शनको १ अर्ब ८ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

धादिङ केन्द्रबिन्दु भएर भूकम्प शुक्रबार, असोज ४, २०८१ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार साँझ ५ बजेर १६ मिनेट जाँदा धादिङको चैनपुर केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।

क्यानडा पठाइदिने भन्दै १८ लाख बढी ठगी गर्ने पक्राउ शुक्रबार, असोज ४, २०८१ वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

साताभर मनसुनी वायुको प्रभाव, धानबालीलाई असर पर्ने सम्भावना शुक्रबार, असोज ४, २०८१ आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो।

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के भने ? शुक्रबार, असोज ४, २०८१ सहकारी ठगीको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन्। संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयानमा लामिछानेले सहकारीबाट ऋण लिएको बयान दिएका हुन् ।









