News Griha :: न्यूजगृह
रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के भने ? 

काठमाडौं— सहकारी ठगीको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन्। संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयानमा लामिछानेले सहकारीबाट ऋण लिएको बयान दिएका हुन् ।

समितिमा रम्तेलले भनेका छन्- 

सूर्य दर्शनबाट भएको कारोबार बारे मलाई जानकारी भएन तर सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलबाट मेरो नाममा करिब १ करोड ९० लाखको कृत्रिम ऋण खडा गरी करिब ७ लाख किस्ता तिरिएको ऋणी रवि लामिछाने र करिब १७ लाख किस्ता तिरिएको छविलाल बन्जाडे जोशीको किस्ता तिरिएको हो। ऋणी रवि लामिछाने पूर्व उपप्रधान तथा गृह मन्त्री एवम् प्रतिनिधि सभाका माननीय सदस्य र करिब किस्ता तिरिएको छविलाल बन्जाडे जोशी पूर्व नायब महानिरीक्षक हुनुहुन्छ भन्नेमा म यकिन छु। सो ऋणको बाँकी रकम गोरखा मिडिया नेटवर्कको खातामा गएको देखिन्छ।

रम्तेलले ग्यालेक्सी टीभीको अहिलेको हालत हुनुमा लामिछाने दोषी भएको बयान दिएका छन्।

उनले भनेका छन्-

मेरो नाममा खडा गरिएको ऋण कृत्रिम ऋण हो। मैले चिनेको रबि लामिछाने निज पूर्व उपप्रधान तथा गृहमन्त्री नै हुन्। मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जानुले पनि यो कुरा पुष्टि हुन्छ। त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हुन् भन्ने कुरा म यकिन साथ भन्न सक्छु। तर निज रवि लामिछानेको ऋण खाता वास्तविक हो वा कृत्रिम हो भन्न सक्दिनँ।

निज रवि लामिछाने उहाँको पार्टीको बुटवल–नारायणगढ पदयात्रामा हुँदा मैले दीपक बोहोराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईँको कागजात र हस्ताक्षर नभएता पनि आजको स्थिति आउनमा तपाईंको भूमिका छ समेत भनेको थिए। ग्यालेक्सी टीभीमा कम्तिमा ५ वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरिरहेको अवस्थामा तपाईंले ८ महिनामै छोडेका कारण समस्या भयो भन्दा उहाँले यस विषयमा जीबी राईसँग कुरा भइसकेको छ भन्नु भएको थियो।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १८:१७
Weather Update