News Griha :: न्यूजगृह
चट्याङ लागेर एकको मृत्यु
फाइल तस्बिर।

बागलुङ— निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गएराति चट्याङ लागेर मृत्यु भएको छ। घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए। लगत्तै प्रहरी वरिष्ठ हवल्दार केशव बुढाथोकीको कमान्डमा दुई जना प्रहरी टोली घटनास्थलमा गएर उद्धार गरेको उनको भनाइ छ।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमान्डमा सात जनाको प्रहरी टोली खटिएको उनले जानकारी दिए।

बुढाको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ। चट्याङका कारण बुढाको घर र विद्युतीय सामग्रीमा क्षति पुगेको छ। बुढाकी सासू र दुई वर्षीया छोरी भने सकुशल छन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १०:४५
Weather Update