मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान

महोत्तरी— मधेस प्रदेशमा गल्फ मैदान (कोर्स) तयार भएको छ। मैदान नेपाली सेनाले बनाएको हो।
बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले शनिबार आयोजित एक कार्यक्रममा उद्घाटन गरे।
त्यस अवसरमा आयोजित गैरव्यावसायिक प्रतियोगितामा ७० जनाले प्रतिस्पर्धा गरेका थिए।
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१ २०:४१