News Griha :: न्यूजगृह
दिल्लीकी मुख्यमन्त्री बनिन् आतिशी

काठमाडौं— आम आदमी पार्टीकी नेता आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बनेकी छन्। उनले शनिबार नै उपराज्यपाल भीके सक्सेनासामु पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री हुन्। यसअघि भारतीय जनता पार्टी (बीजेपी) की सुष्मा स्वराज र कांग्रेसकी शिला दीक्षित मुख्यमन्त्री भएका थिए। स्वराज जम्मा ५२ दिन मुख्यमन्त्री रहिन् भने शिला तीन पटक गरी १५ वर्षभन्दा बढी दिल्लीमा शासन गरिन्।

आतिशीको कार्यकाल चार महिना हुनेछ। किनकी फेब्रुअरी २०२५ मा विधानसभा चुनाव हुनेछ। आम आदमी पार्टीले केजरीवाललाई नयाँ मुख्यमन्त्रीका रुपमा अघि सारिसकेको छ।

उनी २०१३ देखि (राष्ट्रपति शासन लागू भएको समय बाहेक) दिल्लीको मुख्यमन्त्री थिए। तर पछिल्लो पटक मदिरासम्बन्धी नीति बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरे। करिव ६ महिना हिरासतमा रहेका अरविन्द केजरीवाल अदालतको आदेशमा छुटे। तर तिहाड जेलबाट छुटेको दुई दिनपछि उनले आफूमाथि झुटो आरोप लागेकोले जनताको परीक्षामा जाने भन्दै राजीनामा दिने घोषणा गरे। मंगलबार आम आदमी पार्टीको विधायक मण्डलको बैठक राखेर आतिशीलाई दल नेता चुने।

त्यही दिन केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिए भने आतिशीले आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गरिन्। शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन्। कैलाश गेहलोत, गोपाल राय, शौरभ भारद्धाज, इमरान हुसेन र मुकेश अहलावतले मन्त्री बनेका छन्।

मुकेश नयाँ अनुहार हुन्, अरु चाहिँ केजरीवाल क्याबिनेटमा थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १९:१५
Weather Update