News Griha :: न्यूजगृह
कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्ने गुनासो छः देउवा

काभ्रे— सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुई ठूला दलबीचको सत्ता सहकार्यले नागरिक खुशी भएको बताएका छन्।

शनिबार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको शालिक अनावरण गर्दै उनले कांग्रेस र एमालेको सहकार्यले देशभर सकारात्मक सन्देश गएको बताएका हुन्।

‘कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरू छन् यहाँ। त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ,’ उनले भने।

पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गर्न उनले कार्यकर्तालाई निर्देशन दिए।

कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २०:०३
Weather Update