बालविकास शिक्षकको पदाधिकारी बैठक शनिबार बिहीबार, चैत २३, २०७९

देशका पहाडी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना बिहीबार, चैत २३, २०७९ हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

बिहीबार प्रतिनिधि सभाको बैठक बस्दै बिहीबार, चैत २३, २०७९ प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

चैत्र २३ : तपाईंको राशिफल बिहीबार, चैत २३, २०७९

कोरोनाको नयाँ भेरियन्ट बढी संक्रामक बुधबार, चैत २२, २०७९ नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १.१६’ बढी संक्रामक रहेको पाइएको छ । चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मकरुपमा कम घातक र बढी संक्रामक छ ।

बसपार्कमा डिजेल चोरी गर्ने गिरोह पक्राउ बुधबार, चैत २२, २०७९ दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरिराखेको बसबाट डिजेल चोरी गर्ने गिरोह पक्राउ परेको छ । जीपसहित उक्त गिरोह पक्राउ परेको हो ।

गौरीगंगा गोल्डकप : कोहलपुर रेसिङ सहारा क्लब बाँके सेमिफाइनलमा बुधबार, चैत २२, २०७९ कैलालीको गौरीगंगामा जारी जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपमा बाँकेको कोहलपुर रेसिङ सहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार एपीएफलाई ३–१ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ सहारा क्लब अन्तिम चारमा पुग्न सफल भएको हो ।

मनोमानी ढंगले बजेट बाँडेको सांसदहरूको आरोप बुधबार, चैत २२, २०७९ कर्णाली प्रदेश सभा सदस्यहरूले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट मनोमानी ढंगले बाँडेको आरोप लगाएका छन् । प्रदेश सभाको बुधबारको बैठकमा मन्त्रालयले आफूखुसी बजेट बाँडेको भन्दै उनीहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

‘लोकगीत संरक्षणको दायित्व सरकारको हो’ बुधबार, चैत २२, २०७९ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले लोकगीतको संरक्षणको दायित्व सरकारको भएको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा उनले प्राकृतिक सम्पदा र लोकगीत तथा संस्कृतिमा नेपाल धनी भएको भन्दै यसको संरक्षण सरकारले ध्यान दिनुपर्ने बताए ।

के नेपाल काठमा आत्मनिर्भर बन्न सक्छ ? बुधबार, चैत २२, २०७९ वन तथा वातावरण विभागका उपमहानिर्देशक नवराज पुडासैनीले काठमा नेपाल आत्मनिर्भर बन्न सक्ने बताए । नेपालमा सबैभन्दा धेरै तराई तथा चुरेक्षेत्रका वनमा काठ मौज्दात रहेको उनको भनाइ छ । ‘नियम अनुसार अहिले पनि १५ करोडभन्दा बढी क्युविक काठ निकाल्न सकिन्छ’,उनले भने, ‘यसबाट सरकारले वार्षिक ९८ अर्ब ९९ करोड रुपैयाँ राजस्व प्राप्त...

चलचित्रमा पात्र चयन कसरी हुन्छ ? बुधबार, चैत २२, २०७९ कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्त्वपूर्ण विषय हो तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप व्यापारकै आधारमा तय हुनेगरेको छ । बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ तर, त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्त्व निकै कम छ ।

ओलम्पिक छनोट : नेपाल भियतनामसँग पराजित बुधबार, चैत २२, २०७९ पेरिस ओलम्पिक–२०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ ।

दिनभरिका खबर, न्यूजगृह समाचार बुधबार, चैत २२, २०७९









