News Griha :: न्यूजगृह
बालविकास शिक्षकको पदाधिकारी बैठक शनिबार

काठमाडौं— गत फागुन २२ गते पाँचौं महाधिवेशनबाट नयाँ कार्यसमिति चुनिएपछि नेपाल बालविकास शिक्षक केन्द्रीय समितिको पहिलो बैठक शनिबार (चैत्र २५ गते) का लागि बोलाइएको छ ।

अध्यक्ष कृष्ण कुमारी थापा मगर र महासचिव निर्मला गिरीले शनिबार विहान १०:३० बजे काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या मा.वि.मा बैठक बस्ने गरी केन्द्रीय पदाधिकारीलाई पत्र काटेका छन् ।

बैठकमा विभिन्न विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने बताइएको छ । बालविकास शिक्षकहरूले लामो समयदेखि आफ्ना पेसागत विभिन्न माग राख्दै सरकारलाई दबाव दिंदै आएका छन् ।

ecd1680741752.jpg

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०६:२६
Weather Update