News Griha :: न्यूजगृह
बसपार्कमा डिजेल चोरी गर्ने गिरोह पक्राउ

दाङ— दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरिराखेको बसबाट डिजेल चोरी गर्ने गिरोह पक्राउ परेको छ । जीपसहित उक्त गिरोह पक्राउ परेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर–९ बेलुवा निवासी २१ वर्षीय विशाल रावत र रानीजरुवा निवासी १९ वर्षीय नविन केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रवक्ता तथा प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

ना४ख ६४९५ नम्बरको बसबाट बुधबार बिहान २ बजे डिजेल झिक्दै गर्दा दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट २० लिटर डिजेल, ३०–३० लिटरका दुई वटा ग्यालीन र डिजेल बोक्न प्रयोग गरिने ना४च ५७८७ नम्बरको जीपसमेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  २१:३८
Weather Update