ओलम्पिक छनोट :
ओलम्पिक छनोट : नेपाल भियतनामसँग पराजित

काठमाडौं— पेरिस ओलम्पिक–२०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ ।
बुधबार काठमाडौंको दशरथ रंगशालामा सुरुदेखि नै घरेलु टोलीमाथि दबाव बनाएको भियतनाम ५–१ ले विजयी भएको हो ।
नेपालक लागि सावित्र भण्डारीले सान्त्वना गोल फर्काइन् । ४ गोलले पछि परेको नेपालका लागि ८० औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल गरेकी हुन् ।
खेलमा नेपाली खेलाडीले केही मौका पाए पनि गोल गर्न सकेनन् ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ २०:०९