
कैलाली— कैलालीको गौरीगंगामा जारी जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपमा बाँकेको कोहलपुर रेसिङ सहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार एपीएफलाई ३–१ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ सहारा क्लब अन्तिम चारमा पुग्न सफल भएको हो ।
खेलको १५औं मिनेटमै पेनाल्टी पाएर अग्रता बनाउन सफल भएको एपीएफमाथि रेसिङ सहारा क्लबले पुनरागमन जित निकाल्न सफल भयो ।
डी बक्सभित्र रेसिङका खेलाडीको हातमा बल लागेर फल भएपछि पाएको पेनाल्टीमा एपीएफका आस तामाङले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे ।
त्यसपछि निरन्तर दबावमा राखेको रेसिङका अविनाश थापाले खेलको २८औँ र ८७औँ मिनेटमा दुई गोल गरे । उसका कृष्ण क्षेत्रीले पहिलो हाफको ४२औँ मिनेटमा १ गोल गरे ।
खेलको प्लेयर अफ दी म्याच अविनाश चुनिए । प्रतियोगिताअन्तर्गत बिहीबार बाजुराको रानीवन क्लब र नेपाल पुलिसको टिम प्रतिस्पर्धा गर्नेछन् ।