राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार, अस्पतालबाट आइतबार डिस्चार्ज हुनसक्ने शनिबार, वैशाख १६, २०८०

रास्वापा संसदीय दलका नेता अर्यालले दिए राजीनामा शनिबार, वैशाख १६, २०८० पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्दैछन् । संसदीय दलको बैठक सोमबार बस्ने तयारी छ । बैठकले लामिछानेलाई दलको नेता चयन गर्नेछ ।

मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ : अध्यक्ष नेपाल शनिबार, वैशाख १६, २०८० पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र जनताको समृद्धिका लागि समाजवादी व्यवस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्छु : शिक्षामन्त्री राई शनिबार, वैशाख १६, २०८० मन्त्री राईले राज्यप्रति धेरै वितृष्णा र विद्रोह भाव नराख्न र राज्यलाई सधैँ अविवेकी रूपमा नबुझिदिन आग्रह गरे । उनले विवेकसहितको राज्य हुनुपर्छ भन्दै आफूहरू इमानदारीपूर्वक जिम्मेवारी वहन गर्न लागिपरेको बताए ।

अझै तीन दिन पानी पर्ने शनिबार, वैशाख १६, २०८० स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भएको महाशाखाले उल्लेख गरेको छ । अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् ।

डोल्पामा जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने शनिबार, वैशाख १६, २०८० डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि आगामी जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने भएको छ । जिल्ला समन्वय समितिको शनिबार सदरमुकाम दुनैमा बसेको बैठकले से–फोक्सुण्डो राष्ट्यि निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन जेठ १ गते र असार १ गतेसम्म खुला गर्ने निर्णय गरेको हो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘जिन्दगीका तरेली’ लोकार्पण शनिबार, वैशाख १६, २०८० पूर्वप्रधानन्यायाधीद्वारा रचित गीतमा गायक आनन्द कार्की, रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरूपराज आचार्य, शिशिर योगी, सुमित खड्का र मिलन नेवारको स्वर र शक्ति बल्लभको सङ्गीत रहेको छ ।

सामाजिक सुरक्षाभत्ता कटौती गर्ने सोच्नै सकिँदैन : मन्त्री शर्मा शनिबार, वैशाख १६, २०८० उनले भनिन्, ‘पछिल्लो समय ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षाभत्ता कटौती गर्दैछ भनेर पनि प्रचार गरिएको छ, यो सरासर गलत हो ।’

नेपालले उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्ने शनिबार, वैशाख १६, २०८० यो खेल जित्ने टिम एसिया कपमा छनोट हुनेछ । एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ ।

ए डिभिजन लिग : शनिबार वर्षाले प्रभावित खेल आइतबार हुने शनिबार, वैशाख १६, २०८० काठमाडौं उपत्यकामा भारी वर्षासँगै शनिबारलाई तय भएका शहीद स्मारक ए डिभिजन लिगका खेल प्रभावित भएका छन् ।

जनकपुर भानुचोकमा १६ वर्षपछि आदिकवि भानुभक्तको सालिक पुनःस्थापित गरिँदै शनिबार, वैशाख १६, २०८० ‘आदिकवि भानुभक्त आचार्य राजनीतिक व्यक्ति हुनुहुन्न । उहाँको नाममा वर्षौँ पहिले भानुचोक नामकरण भइ सालिकसमेत राखिसकेको अवस्था हो । त्यसैले यसलाई राजनीतिक रङ्ग दिन जरुरी छैन,’ प्रमुख मनोजकुमार साहले भने ।

पूर्वमन्त्री मिनेन्द्र रिजालले गरे बाल अस्पताललाई ५० लाख सहयोग शनिबार, वैशाख १६, २०८० उनले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहेका काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान् कोइरालालाई चेक प्रदान गरे ।

कोरोनाबाट एकको मृत्यु शनिबार, वैशाख १६, २०८० शनिबार एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।









