News Griha :: न्यूजगृह
नेपालले उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं— एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाले प्रभावित सेमिफाइनलमा खेलमा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा पुगेको हो ।

मुलपानी मैदानमा भएको ओमान र यूएईबीचको अर्को सेमिफाइनलमा खेल पनि वर्षाले प्रभावित भएपछि यूएई डीएलएस मेथडमा २ रनले विजयी हुँदै फाइनलमा पुग्यो ।

पहिले ब्याटिङ गरेको युएई ४ बल खेल्न बाँकी हुँदै २३६ रनमा अलआउट भयो ।

२३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाउदा खेल वर्षाले रोकिएको थियो ।

अब उपाधिका लागि यूएई र नेपालबीच आगामी सोमबार कीर्तिपुर मैदानमा खेल हुनेछ ।

यो खेल जित्ने टिम एसिया कपमा छनोट हुनेछ । एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १९:१५
Weather Update