News Griha :: न्यूजगृह
ए डिभिजन लिग : शनिबार वर्षाले प्रभावित खेल आइतबार हुने

काठमाडौं— काठमाडौं उपत्यकामा भारी वर्षासँगै शनिबारलाई तय भएका शहीद स्मारक ए डिभिजन लिगका खेल प्रभावित भएका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेट पछि भारी वर्षा र चट्याङ भएपछि स्थगित भएको हो । 

आर्मी र हिमालयन शेर्पाबीचको खेल दोस्रो हाफको २७ मिनेट चलिरहँदा दुवै टोलीले एक÷एक गोल गरेका थिए । खेलमा आर्मीका नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै हिमालयन शेर्पाविरुद्ध अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ५५औँ मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । 

७२औँ मिनेटपछि भारी भएपछि खेल अर्को समयका लागि तय गरिएको छ । अब दुईटोली बीच भिडन्त आइतबार हुनेछ । आइतबार ७२ मिनेटपछि खेल दशरथ रंगशालामा दिउसो ४ः३० बजेबाट सुरु हुनेछ ।

लिग अन्तर्गत शनिबारकै अर्को खेल संकटा र जावलाखेल युथ क्लबको खेल पनि वर्षाका कारण स्थगित भएको छ । पहिलो हाफको नतिजाबाट जावलाखेल १–० ले अगाडि रहेको थियो । ५० मिनेटको खेलपछि रोकिएको जावलाखेल र संकटाको खेल आइतबार दिउसो १ बजे एन्फा कप्लेक्समा आयोजना हुनेछ । यस्तै दरशथ रंगशालामा अबेरलाई तय भएको चर्च ब्वाईज र मनाङ मस्र्याङ्दीबीचको खेल पनि स्थगित भयो । खेल आइतबार नै एन्फा कम्प्लेक्समा ३ः३० बजेबाट सुरु हुनेछ । 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १९:०६
Weather Update