News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार, अस्पतालबाट आइतबार डिस्चार्ज हुनसक्ने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नयाँदिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । राष्ट्रपति पौडेल भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने पनि दूतावासले उल्लेख गरेको छ ।

‘सम्माननीय राष्ट्रपतिज्यूको उपचार आज पनि जारी रह्यो । राष्ट्रपतिको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  २१:२१
Weather Update