News Griha :: न्यूजगृह
कोरोनाबाट एकको मृत्यु

काठमाडौं— कोरोना सङ्क्रमित एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । 

शनिबार एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । उपचारपछि शनिबार ३५ जना निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन् । यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आइसीयू)मा आठ र भेन्टिलेटरमा एक जना उपचारत छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १८:२३
Weather Update