बलिया राष्ट्रसँग खेल्न पाउनु नेपालको मौका हो : कप्तान पौडेल मंगलबार, वैशाख १९, २०८०

एक करोड बढी भ्रष्टाचार गरेको दाबीसहित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दर्ता मंगलबार, वैशाख १९, २०८० आयोगका प्रवक्ता भोला दाहालका अनुसार भट्टराईले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा उनीसँग स्रोत नखुलेको सम्पत्ति एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बराबरको पाइएकाले सोही रकमलाई बिगो बनाएर मुद्दा दायर गरिएको हो ।

नेपाली खेलाडीको प्रदर्शनमा प्रशिक्षक देसाई सन्तुष्ट, गरे प्रशंसा मंगलबार, वैशाख १९, २०८० मोन्टी देसाईले एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भएपनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आफू उत्साहित रहेको बताए ।

सामान्य अङ्कले घट्यो नेप्से मंगलबार, वैशाख १९, २०८० मङ्गलबारआज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो ।

छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय मंगलबार, वैशाख १९, २०८० काठमाडौंको भृकृटीमण्डपमा रहेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भुइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन् ।

दुई सय किलो गाँजासहित मकवानपुरबाट तीन पक्राउ मंगलबार, वैशाख १९, २०८० लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई मकवानपुरको थाहा नगरपालिकाको आग्राबाट सोमबार पक्राउ गरि मंगलबार सार्वजनिक गरेको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपण : आर्थिक वृद्धिदर २.१६ प्रतिशत मंगलबार, वैशाख १९, २०८० सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भएपनि ५.८४ प्रतिशतले लक्ष्य पूरा नभइ २.१६ प्रतिशतमा नै सीमित हुने तथ्याङ्क कार्यालयले अनुमान गरेको छ ।
![प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन हासिल गर्न सकिन्छ : मन्त्री शर्मा [भिडिओ]](https://newsgriha.com/uploads/posts/rekha-sharma-mantri-suchana-pravidhi1683023193.jpg)
प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन हासिल गर्न सकिन्छ : मन्त्री शर्मा [भिडिओ] मंगलबार, वैशाख १९, २०८० ‘कानुन निर्माणलाई पारदर्शी बनाउन मन्त्रालयको वेबसाइटबाटै मस्यौदा सार्वजनिक गरेर जनताको राय सुझाव लिने परिपाटीको पनि थालनी गरेका छौँ । सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ विश्वास राख्दछ,’ उनले भनिन् ।
नेपाललाई सात अर्ब ऋण निकासा गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोष मंगलबार, वैशाख १९, २०८० नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपैयाँ) बराबर ऋण निकासा दिने भएको छ ।

नर्स अनुमा मृत्यु प्रकरणः प्रेमी भनिएका डा. ढकाल पक्राउ मंगलबार, वैशाख १९, २०८० आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले डा. सुजन ढकाललाई पक्राउ गरेको छ।
![वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिन्छ : ओली [भिडिओ]](https://newsgriha.com/uploads/posts/kp-sharma-oli-kathmandu1683021986.jpg)
वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिन्छ : ओली [भिडिओ] मंगलबार, वैशाख १९, २०८० ‘देश सङ्कटमा छ । यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिँदैछ,’ उनले भने ।

सरकारको कार्यकाल पूरा हुनुपर्छ : अध्यक्ष यादव मंगलबार, वैशाख १९, २०८० ‘नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व आवश्यक छ’, उनले भने, ‘अस्थिरताले कसैलाई हित गर्दैन, त्यसैले सरकारको कार्यकाल पूरा हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ ।’

आमाछोरा १७ दिनदेखि बेपत्ता मंगलबार, वैशाख १९, २०८० तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उनका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेखबर छन् । दुवैजना यही ३ वैशाखदेखि बेखबर छन् ।









