News Griha :: न्यूजगृह
एक करोड बढी भ्रष्टाचार गरेको दाबीसहित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दर्ता 

काठमाडौं—  सुकेधारास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बागमतीका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीविरुद्ध एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो राखेर विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार भट्टराईले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा उनीसँग स्रोत नखुलेको सम्पत्ति एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बराबरको पाइएकाले सोही रकमलाई बिगो बनाएर मुद्दा दायर गरिएको हो । 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १७:१२
Weather Update