News Griha :: न्यूजगृह
बलिया राष्ट्रसँग खेल्न पाउनु नेपालको मौका हो : कप्तान पौडेल

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल बलिया राष्ट्रसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताएका छन् । 

एसीसी प्रिमियर कपको उपाधि जितेपछि उनले बलिया टोलीविरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा ल्याउने बताए । एसिया कपमा नेपालले स्थान बनाउँदै गर्दा टोलीको मेहनत र प्रशिक्षकको भूमिका तारिफयोग्य रहेको उनको भनाइ छ । 

प्रशिक्षकको योजनाअनुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै कप्तान रोहितले एसिया कप नेपाली टोलीका लागि एक्सपोजर भएको बताए ।

अहिले एसिया कप आयोजना सम्बन्धमा धेरै विषय उठिरहेको अवस्थामा जुन कुनै स्थलमा भएपनि एसिया कप हुनुपर्ने उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १७:१२
Weather Update