News Griha :: न्यूजगृह
दुई सय किलो गाँजासहित मकवानपुरबाट तीन पक्राउ

काठमाडौं— प्रहरीले २०२ किलो गाँजासहित तीन जनालाई मकवानपुरबाट पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई मकवानपुरको थाहा नगरपालिकाको आग्राबाट सोमबार पक्राउ गरि मंगलबार सार्वजनिक गरेको हो ।

gaja-makawanpur-ncb11683024602.jpg

पक्राउ पर्नेमा ६७ का इन्द्रबहादुर थिङ, ७६ वर्षीय भिमबहादुर थिङ, र ३९ वर्षीय शिवराज थिङ छन् । इन्द्रको घरबाट १७५ केजी र शिवराजको घरबाट २७ केजी गाँजा बरामद गरेको ब्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।

gaja-arrested-3-people-makawanpur1683024602.JPG

प्रहरीका अनुसार उनीहरूको साथबाट नियन्त्रणमा लिइएको गाँजाको बजार मूल्य ३० लाख ३० हजार रहेको जनाएको छ । थप अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय पालुङको जिम्मा लगाइएको ब्युरोले जनाएको छ । 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १६:३५
Weather Update