News Griha :: न्यूजगृह
नर्स अनुमा मृत्यु प्रकरणः प्रेमी भनिएका डा. ढकाल पक्राउ 

काठमाडौं— आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले डा. सुजन ढकाललाई पक्राउ गरेको छ।

वीर अस्पतालमा कार्यरत २९ वर्षीया नर्स अनुमा श्रेष्ठ शनिबार डा.ढकालको घर बोहराटारमा मृत भेटिएकी थिइन् । पीडित परिवारका सदस्यले डा. ढकालविरुद्ध आत्महत्या दुरुत्साहन निवेदन दिएका थिए।

डा. ढकाललाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

उनी डाक्टर सुजनसँग प्रेम सम्बन्धमा रहेको र विवाह गर्न नमानेकाले उनकै घरमा गएर आत्महत्या परिवारको आरोप थियो।  अनुमाको परिवारले डा. ढकाल र उनका बाबु विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १५:५८
Weather Update